एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अग्युरोले चोट बोकेका छन् ।
प्रिमियर लिग अन्तर्गत बर्नलीविरुद्धको खेलमा अग्युरोले घुँडाको चोट बोकेका हुन् ।
अग्युरोको चोटको पूर्ण रिपोर्ट आईसकेको छैन । तर, उनको चोट गम्भीर हुन सक्ने बताईएको छ ।
'त्यो राम्रो देखिदैन । घुँडामा केहि भएको छ । हामीले भोली हेर्ने छौँ,' सिटीका प्रशिक्षक पेपे ग्वार्डीवलाले भने, 'म डाक्टर होइन । तर, यो राम्रो देखिदैन ।'
बर्नलीलाई ५-० गोल अन्तरले पराजित गर्दा अग्युरो चोटको कारण पहिलो हाफमै मैदानबाट बाहिरिएका थिए ।
प्रशिक्षक ग्वार्डीवलाले अग्युरो पछिल्लो महिना यता घुँडाको समस्यामा रहेको समेत बताए ।
३२ वर्षीय अग्युरो यस सिजन सिटीका लागि सर्वाधिक गोलकर्ता खेलाडी हुन् ।
उनले यस सिजन साबि प्रतियोगितामा २३ गोल गरेका छन् ।