एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलका थप एक जनालाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
प्रिमियर लिगले पछिल्लो पटकको परिक्षणमा एक जनामा कोरोना देखिएको जनाएको छ ।
पछिल्लो पटक १८ सय २९ खेलाडी र स्टाफमा गरिएको परिक्षणमा एक जनामा पोजेटिभ देखिएको हो ।
कोरोना पोजेटिभ हुनेको नाम गोप्य राखिएको छ । यस्तै कोरोना देखिने खेलाडी सात दिने आईसोलेसनमा रहेको समेत जनाएको छ ।
यससँगै प्रिमियर लिगका कुल १८ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
प्रिमियर लिगमा हालसम्म १२ हजार ५७ जना खेलाडी र स्टाफमा कोरोना परिक्षण गरिएको छ ।