एजेन्सी । जापान सन् २०२३ मा हुने फिफा महिला विश्वकप फुटबल आयोजकको दौडबाट पछि हटेको छ ।
जापान फुटबल एसोसियसनले सोमबार महिला विश्वकप आयोजनाको दाबीबाट नाम फिर्ता लिएको हो ।
विश्वकप आयोजक राष्ट्र तय गर्नका लागि मतदान हुनु तीन दिन अघि जापानले नाम फिर्ता लिएको हो ।
जापानले नाम फिर्ता लिएसँगै अब विश्वकप आयोजकका लागि दुई राष्ट्रबीच मतदान हुने भएको छ ।
अब अष्ट्रेलिया र न्युजिल्याण्ड संयुक्त र कोलम्बिया बाँकी रहेका छन् ।
यस अघि ब्राजिलले समेत नाम फिर्ता गरेको थियो ।