एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (सोमबार) सेभियाले भिया रियलसँग प्रतिस्पर्धा गर्दैछ ।
सेभियाले रियलसँग उसैको मैदानमा खेल्नेछ । दुई टोलीबीचको खेल ११:१५ बजे सुरु हुनेछ ।
भिया रियलको मैदानमा सेभिया जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ । यस्तै सेभिया लिगको तेस्रो स्थानमा उक्लन चाहन्छ ।
लिगको चौंथो स्थानमा रहेको सेभियाले ३० खेलमा ५२ अंक जोडेको छ । भिया रियललाई पराजित गरे सेभिया एट्लेटिको मड्रिडलाई पछि पार्दै तेस्रो स्थानमा उक्लने छ ।
भिया रियल ४७ अंक जोडेर सातौं स्थानमा रहेको छ । भिया रियल पनि घरेलु मैदानमा जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ ।
ला लिगा अन्तर्गत नै अर्को खेलमा लेगानेसले ग्रानडासँग खेल्नेछ ।