एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा आज (सोमबार) लिग लिडर युभेन्ट्सले बोलोग्नासँग खेल्दैछ ।
उपाधि दाबेदार युभेन्ट्सले बोलोग्नासँग उसैको मैदानमा खेल्नेछ । खेल नेपाली समय अनुसार १:३० बजे सुरु हुनेछ ।
कोरोनाको महामारीको कारण स्थगित लिग सुचारु पछि युभेन्ट्सले पहिलो खेल खेल्न लागेको हो ।
युभेन्ट्स तुलनात्मक कमजोर टिमविरुद्ध जित निकाल्दै शीर्ष स्थानको अग्रता फराकिलो बनाउने योजनामा हुनेछ ।
यस सिजन युभेन्ट्स दोस्रो स्थानको लाजियो भन्दा मात्र १ अंकले अघि रहेको छ । बोलोग्नालाई हराएर युभेन्ट्स शीर्ष स्थानमा ४ अंकको अग्रता बनाउन चाहन्छ ।
युभेन्ट्सले २६ खेलमा ६३ अंक जोडेको छ । लाजियोको ६२ अंक रहेको छ ।
लिगमा ३४ अंक जोडेको बोलोग्ना १० औं स्थानमा रहेको छ । बोलोग्ना पनि घरेलु मैदानमा युभेन्ट्सलाई हराएर अंक तालिका सुधार गर्ने योजनामा हुनेछ ।
सिरी 'ए' अन्तर्गत नै अन्य खेलमा एसी मिलानले लिसीसँग खेल्नेछ ।
त्यस्तै फियोरेन्टिनाले ब्रेसियासँग खेल्नेछ ।