एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (सोमबार) म्यानचेस्टर सिटीले बर्नलीसँग प्रतिस्पर्धा गर्दैछ ।
साविक विजेता समेत रहेको सिटीले घरेलु मैदानमा बर्नलीसँग खेल्न लागेको हो ।
सिटी र बर्नलीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा सिटी सहज जितको खोजीमा हुनेछ । यस्तै बर्नलीलाई हराएर सिटी शीर्ष स्थानको लिभरपुललाई दबाब कायम राख्न चाहन्छ ।
लिगको दोस्रो स्थानको सिटीको उपाधि जित्ने सम्भावना लगभग सकिसकेको छ । किनकि सिटी लिभरपुल भन्दा २३ अंकले पछि रहेको छ ।
यस सिजन लिभरपुललाई उपाधि जित्न ५ अंकको आवश्यकता रहेको छ । लिभरपुलको ८३ अंक रहेको छ । एक खेल कम खेलेको सिटीको ६० अंक रहेको छ ।
घरेलु मैदानमा सिटी बर्नलीसँग पराजित भए लिभरपुललाई उपाधिका लागि थप सहज हुनेछ । तर, सिटी बर्नलीलाई हराएर लिभरपुलको उपाधि होड पछि ढकेल्न चाहन्छ ।
कोरोना भाईरसको महामारीले स्थगित लिग सुचारु पछि सिटी लगातार दोस्रो जितको खोजीमा हुनेछ ।
यस अघि सिटीले आर्सनललाई हराएको थियो ।
यता, बर्नली पनि सिटीलाई स्तब्ध बनाएर अंक तालिका सुधार गर्ने योजनामा हुनेछ ।
३९ अंक जोडेको बर्नली ११ औं स्थानमा रहेको छ । सिटीलाई हराउँन सके बर्नली शीर्ष १० मा उक्लनेछ ।