एजेन्सी । क्रिस्टियन पुलिसिकले आईतबार चेल्सीका लागि प्रभाव देखिने प्रर्दशन गरे । एस्टन भिल्लाबिरुद्ध लण्डन क्लब प्रतिस्पर्धामा उत्रिएका थियो । सुरुवातमै चेल्सी खेलमा पछि पर्यो । कोर्टनी हाउसेको गोलमा एस्टन भिल्लाले सुरुमा अग्रता लियो ।
बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका पुलिसिकले लण्डन क्लबका लागि बराबरी गोल गरे । दोस्रो गोल ओेलिभर जिराउडले गरे । तर दोस्रो गोलमा समेत उनै पुलिसिकको सहयोग देखिन्थ्यो ।
अमेरिकन खेलाडी पुलिसिकको प्रर्दशनमा प्रशिक्षक फ्राङ्क लाम्पार्ड निकै खुसी देखिए । उनले पुलिसिकलाई शीर्ष स्तरको खेलाडीको रुपमा ब्याख्या गरे ।
लामो समय मैदान बाहिर रहेका पुलिसिकमा जितको भोक रहेको भन्दै त्यसको प्रभाव एस्टन भिल्लाबिरुद्धको खेलमा देखिएको लाम्पार्डले उल्लेख गरे ।
जितसंगै लाम्पार्ड नेतृत्वको चेल्सीले शीर्ष चारको दौडमा रहेका म्यान्चेष्टर युनाईटेड र उल्भ्ससंग ५ अंकको अग्रता लिएको छ । साथै तेस्रो स्थानको लेस्टरसंगको दुरी ३ अंकमा झारेको छ ।

‘उनी धेरै भोकाएको देखिएका छन् । मलाई थाहा छ, मैले उसका लागि राम्रो महशुश गरेको छु । उनी राम्रो तरिकाले प्रशिक्षित छन् । बक्समा आउने क्षमता धेरै ठुलो चिज हो ।’ लाम्पार्डले खेलपछि भने ।
‘एक राम्रो खेलाडी र शीर्ष स्तरको खेलाडी बीच हुने फरकनै यहीनै हो ।’ उनले थपे ।
‘पुलिसिक र रोस दुवै जना राम्रोसंंग प्रशिक्षित छन् । मसंंग छनोटको समस्या छ । म उनलाई दोस्रो हाफमा चाँडै आउनका लागि तयार गरिरहेका थिए ।’ लाम्पार्डले भने ।