एजेन्सी । रोमेलु लुकाकु र लौटारो मार्टिनेजको गोलमा ईन्टर मिलानले सिरि ए फुटबलमा साम्पडोरियालाई हराएको छ ।
आईतबार राति भएको खेलमा ईन्टरले साम्पडोरियाबिरुद्ध २–१ को जित आत्मसाथ गरेको हो ।
लुकाकुले १० औं मिनेटमा गोल गर्दै ईन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले यस सिजन लिगमा १८ औं गोल पुरा गरे । म्यान्चेष्टर युनाईटेडका पूर्व फरवार्डले गोल गरे लगत्तै घुडाँ टेकेर 'ब्ल्याक लिभ्स म्याटर' आन्दोलनमा समर्थन जनाएका थिए ।

मार्टिनेजले ३३ औ मिनेटमा ईन्टरको अग्रता दोब्बर बनाए । मोर्टन थ्रोरस्बीले ५२ औं मिनेटमा पाहुना टोलीका लागि एक गोल फर्काए ।
ईन्टर जित सहित तालिकाको तेस्रो स्थानमा उक्लियो । तर लिगमा ५७ अंक जोड्न सफल रह्यो । ईन्टर शीर्ष स्थानको युभेन्ट्स भन्दा ६ अंकले पछाडी छ ।
साम्पोडियाले रेलिगेशन जोनबाट आफुलाई टाढा राख्ने अवसर गुमायो । साम्पोडिया २३ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थानमा माथि छ ।
कोरोनाको महामारीपछि सिरि ए फुटबल मार्च ९ बाट स्थगित अवस्थामा थियो ।