एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले पुनरागमन जित निकालेको छ ।
आइतबार राति भएको खेलमा चेल्सीले एस्टन भिल्लालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
एस्टनको मैदानमा दोसो हाफमा उत्कृष्ट पुनरागमन गर्दै चेल्सीले जित निकालेको हो ।
चेल्सीको जितमा क्रिस्टियन पुलिसिच र ओलिभर जिरुडले एक एक गोल गरे । एस्टनका कोर्टनी हाउसेले एक गोल गरे ।
खेलको ४३ औं मिनेटमा कोर्टनीले गोल गर्दै एस्टनलाई अग्रता दिलाएका थिए ।
तर, दोस्रो हाफमा दुई मिनेट भित्र २ गोल गर्दै चेल्सीले उत्कृष्ट पुनरागमन गर्यो ।
खेलको ६० औं मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीलाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ६२ औं मिनेटमा जिरुडले गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए ।

जितसँगै चौंथो स्थानको चेल्सीले ३० खेलमा ५१ अंक जोडेको छ । चेल्सीले तेस्रो स्थानको लेष्टर सिटीसँगको अंक दुरी समेत घटाएको छ ।
२६ अंक जोडेको एस्टन पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
