एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा सेल्टा भिगोले फराकिलो जित निकालेको छ ।
आइतबार भएको खेलमा सेल्टाले डिपोर्टिभो एलाभेसलाई ६-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा १० खेलाडीमा सिमित पाहुना टोलीविरुद्ध जित निकाल्न सेल्टाका लागि राफिन्हाले दुई गोल गरे ।
यस्तै जेइसन मुरिल्लो, इयागो आसपस, नोलिटो र सान्टि मिनाले एक एक गोल गरे ।

खेलको १४ औं मिनेटमा जेइसनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । २० औं मिनेटमा इयागोले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई २-० को अग्रता दिलाए ।
२७ औं मिनेटमा मार्टिनले रातो कार्ड पाएपछि डिपोर्टिभो १० खेलाडीमा समेटियो ।
खेलको ४० र ४१ औं मिनेटमा राफिन्हाले दुई गोल गरेपछि सेल्टा पहिलो हाफमा ४-० ले अघि रह्यो ।
खेलको ७८ औं मिनेटमा नोलिटोले पेनाल्टीमा गोल गर्दै सेल्टालाई ५-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८६ औं मिनेटमा सान्टि मिनाले गोल गर्दै सेल्टालाई ६-० को जित दिलाए ।
जितसँगै सेल्टा ३० अंक जोडेर लिगको १६ औं स्थानमा उक्लिएको छ । पराजित डिपोर्टिभो ३५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।