एजेन्सी । कोरोना भाईरसको कारण स्थगित इटालियन सिरी 'ए' फुटबल तीन महिनापछि सुचारु भएको छ ।
शनिबारबाट सुचारु लिगमा भेरोनाले जित दर्ता गरेको छ । घरेलु मैदानमा भेरोनाले काग्लियारीलाई २-१ गोल अन्तरले पराजित गर्यो ।
भेरोनाको जितमा स्यामुएल डी कार्मिनेले दुई गोल गरे । काग्लियारीका जियोभानी सिमवनले एक गोल फर्काए ।
खेलमा दुवै टिम १० खेलाडीमा समेटिएको थियो । भेरोनाका फाबियो बोरिनीले रातो कार्ड पाएका थिए । काग्लियारीका लुका सिगारिनीले रातो कार्ड पाएका थिए ।
जितसँगै भेरोनाले ३८ अंक जोडेको छ । भेरोना लिगको सातौं स्थानमा रहेको छ । काग्लियारी ३२ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
अर्को खेलमा टोरिनोले पर्मासँग १-१ गोलको बराबरी खेलेको छ ।
टोरिनोका लागि निकोलसले एक गोल गरे । पर्माका जुराज कुच्काले एक गोल फर्काए ।
बराबरीपछि पर्मा ३६ अनक जोडेर आठौं स्थानमा रहेको छ । २८ अंक जोडेको टोरिनो १५ औं स्थानमा रहेको छ ।