एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा दोस्रो स्थानको बोरुसिया डर्टमण्डले सहज जित निकालेको छ ।
शनिबार भएको खेलमा डर्टमण्डले आरबी लाइपजिगलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
लाइपजिगको मैदानमा डर्टमण्डलाई जित दिलाउन अर्लिङ हालाण्डले दुई गोल गरे ।
खेलको ३० औं मिनेटमा हालाण्डले पहिलो गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको इन्जुरी समयमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

जितसँगै डर्टमण्डले ३३ खेलमा ६९ अंक जोडेको छ । डर्टमण्ड बायर्न म्युनिख भन्दा १० अंकले पछि रहेको छ ।
घरेलु मैदानमा पराजित लाइपजिग ६३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
बुन्डेसलिगा अन्तर्गत नै बोरुसिया मन्छेनग्लाडबाखले पार्डाबोनलाई ३-१ ले पराजित गर्दा बायार लेवरकुसन हेर्था बर्लिनसँग २-० ले पराजित भएको छ ।
त्यस्तै होफेनहाइमले युनियन बर्लीनलाई ४-०, साल्केलाई वोल्फ्सबर्गले ४-१, माइन्जले भेरडाआ ब्रेमेनलाई ३-१ ले पराजित गर्दा फोर्टुना डुसलडोर्फ आउग्सबर्ग तथा कोल्नले आइनट्राख्ट फ्रान्कफुर्टले १-१ गोलको बराबरी खेल्सँदै अंक बाडेका छन् ।