लेवान्डोस्की चम्कदा बायर्नको सहज जित

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा च्याम्पियन बायर्न म्युनिखले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बायर्नले फ्राइबर्गलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा बायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे । यस्तै जोसुवा किमिचले एक गोल गरे ।
फ्राइबर्गका लुकास होइलरले एक गोल फर्काए ।
दुई खेल अगाबै च्याम्पियन बनिसकेको बायर्नले खेलको १५ औं मिनेटमा किमिचको गोलबाट अग्रता बनाएको थियो ।
खेलको २४ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई २-० को अग्रता दिलाए । ३३ औं मिनेटमा लुकासले गोल गर्दै फ्राइबर्गलाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ३७ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३-१ को सहज जित दिलाए । यससँगै उनले यस सिजन आफ्नो गोल संख्या ३३ औं पुर्र्याउन सफल भए ।
जितसँगै बायर्नले ३३ खेलबाट ७९ अंक जोडेको छ । बायर्नको यो लगातार १५ औं जित हो । बायर्न दोस्रो स्थानको बोरुसिया डर्टमण्ड भन्दा १० अंकले अघि रहेको छ ।
४५ अंक जोडेको फ्राइबर्ग आठौं स्थानमा रहेको छ ।








-1767924589079.webp&w=3840&q=75)






