एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटी बराबरीमा रोकिएको छ ।
शनिबार भएको खेलमा लेष्टर वाट्फोर्डसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
वाट्फोर्डको मैदानमा भएको रोमान्चक खेलमा सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा लेष्टरले बराबरी खेलेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ९० औं मिनेटमा बेन चिलवेलले गोल गर्दै लेष्टरलाई अग्रता दिलाएका थिए ।
तर, खेलको इन्जुरी समयमा क्रेग डसनले गोल गर्दै वाट्फोर्डलाई हारबाट जोगाए ।
वाट्फोर्डसँगको बराबरीसँगै तेस्रो स्थानको लेष्टरले ३० खेलमा ५४ अंक जोडेको छ ।
लेष्टर शीर्ष स्थानको लिभरपुल भन्दा २६ र दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा ६ अंकले पछि रहेको छ।
बराबरीसँगै वाट्फोर्ड रेलिगेसन क्षेत्रबाट माथि उक्लिएको छ । १६ औं स्थानमा रहेको वाट्फोर्डको २८ अंक रहेको छ ।