एजेन्सी । कोरोना भाईरसको महामारीको कारण स्थगी इटालियन सिरी ए फुटबल आज (शनिबार) बाट सुचारु हुँदैछ ।
कोरोनाको कारण मार्चबाट स्थगित लिग शनिबारबाट सुचारु हुन लागेको हो ।
लिग सुचारु पछिको पहिलो दिन दुई खेल हुनेछ । जसमा टोरिनो र पर्मा तथा हेलास भेरोना र काग्लियारीबीच खेल हुनेछ ।
टोरिनोले घरेलु मैदानमा पर्मासँग खेल्नेछ । दुई टोलीबीचको खेल राति ११:१५ बजे सुरु हुनेछ ।
टोरिनो २७ अंक जोडेर १५ औं स्थानमा रहदा ३५ अंक जोडेको पर्मा नवौं स्थानमा छन् ।
यस्तै भेरोना र काग्लियारीबीचको खेल राति १:३० बजे सुरु हुनेछ ।
भेरोना ३५ अंक जोडेर आठौं र काग्लियारी ३२ अंक जोडेर १२ औं स्थानमा रहेका छन् ।
यस सिजन युभेन्ट्स ६३ अंक जोडेर शीर्ष स्थानमा रहदा ६२ अंक जोडेको लाजियो दोस्रो स्थानमा रहेका छन् ।