एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (शनिबार) विभिन्न चार खेलहरु हुँदैछ ।
कोरोना भाइरसको महामारीबीच सुचारु लिग अन्तर्गत शनिबार एट्लेटिको मड्रिडले रियल भायाडोलिटको सामना गर्नेछ ।
एट्लेटिकोको मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा एट्लेटिको जित निकाल्दै लिगको तेस्रो स्थानमा उक्लन चाहन्छ ।
चौंथो स्थानको एट्लेटिकोले ४९ अंक जोडेको छ । घरेलु मैदानमा सहज जित निकाले सेभियालाई पछि पार्दै एट्लेटिको तेस्रो स्थानमा उक्लने छ ।
पाहुना टोली भायाडोलिट ३३ अंक जोडेको १५ औं स्थानमा रहेको छ ।
यस्तै स्पानियोलले घरेलु मैदानमा लेभान्टेको सामना गर्नेछ ।
ला लिगा अन्तर्गत नै एथ्लेटिक बिल्बाओले रियल बेटिससँग खेल्दा गेटाफे र इबरबीच प्रतिस्पर्धा हुनेछ ।