एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (शनिबार) विभिन्न चार खेल हुँदैछ ।
कोरोना भाईरसको महामारीबीच बन्द रंगशालामा जारी लिगमा शनिबार आर्सनल, लेष्टर सिटी, वुल्भ्स, क्रिस्टल प्यालेस लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
कोरोनाले स्थगित लिग सुचारुपछि आर्सनलले दोस्रो खेलमा ब्राइटनसँग खेल्दैछ । ब्राइटनको मैदानमा हुने खेल नेपाली समय अनुसार ७:४५ बजे सुरु हुनेछ ।
यस अघि म्यानचेस्टर सिटीसँग पराजित आर्सनल ब्राइटनलाई हराएर अंक तालिका सुधार गर्ने योजनामा हुनेछ ।
आर्सनल ४० अंक जोडेर नवौं स्थानमा रहेको छ । ब्राइटनलाई पराजित गरे आर्सनल लिगको सातौं स्थानमा उक्लनेछ ।
ब्राइटन २९ अनक जोडेर १५ औं स्थानमा रहेको छ । घरेलु मैदानमा आर्सनललाई हराएर ब्राइटन पनि अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ ।
लेष्टरले वाट्फोर्डसँग उसैको मैदानमा खेल्नेछ । दुई टिमबीचको खेल ५:१५ मा सुरु हुनेछ ।
तेस्रो स्थानको लेष्टर घरेलु टोलीलाई हराएर शीर्ष दुई क्लबबीचको अंक दुरी कम गर्ने योजनामा हुनेछ ।
लेष्टरले ५३ अंक जोडेको छ । २७ अंक जोडेको वाट्फोर्ड रेलिगेसन क्षेत्र भन्दा एक स्थान माथि रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै शनिबार वेष्ट ह्यामले वुल्भ्ससँग खेल्नेछ ।
अर्को खेलमा बर्नेमाउथ र क्रिस्टल प्यालेसबीच खेल हुनेछ ।