एजेन्सी । बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टेर स्टेगेनले ला लिगाको उपाधि क्लबले जित्ने बताएका छन् ।
ला लिगा अन्तर्गत शुक्रबार राति लिग लिडर बार्सिलोना सेभियासँग गोलरहित बराबरीमा रोकिएको थियो ।
तर, खेलपछि बोल्दै गोलकिपर स्टेगेनले बाँकी खेल जितेमा बार्सिलोनाले उपाधि जित्ने दाबि गरे ।
'हामी आफैमा निर्भर हुँदैनौं र प्रतिद्वन्द्वीले के गर्छ हेर्नेछौँ तर हामी सुधार गरिरहेका छौँ,' स्टेगेनले भने, 'हामीले हाम्रो उत्कृष्ट अनुहार देखाउने छौँ । म विश्वस्त छु कि हामीले बाँकी सबै खेल जितेर च्याम्पियन बन्ने छौँ ।'
सेभियासँगको बराबरीसँगै बार्सिलोनाले शीर्ष स्थानमा पाँच अंकको अग्रता बनाउने मौका गुमाएको थियो ।
बार्सिलोना रियल मड्रिड भन्दा ३ अंकले अघि रहेको छ । रियलले एक खेल कम खेलेको छ ।
बार्सिलोनाको ६५ अंक रहेको छ । रियलको ६२ अंक रहेको छ ।
यस्तै स्टेगेनले सेभियाविरुद्ध टिमले उत्कृष्ट खेलेको बताए । उनले सेभिया समेत उत्कृष्ट टिम भएको बताए ।
बार्सिलोनाले आगामी मंगलबार एट्लेटिको बिल्बाओसंग प्रतिस्पर्धा गर्नेछ ।
रियलले आईतबार रियल सोसिडाडको सामना गर्नेछ ।