एजेन्सी । ब्राजिलियन अट्याकिङ मिडफिल्डर फिलिपे कौटिन्हो यस सिजनको अन्त्यसम्म बायर्न म्युनिखमा रहने भएका छन् ।
स्पेनिस क्लब बार्सिलोना र बायर्न कौटिन्होको लोन सम्झौता नवीकरण गर्न सहमत भएपछि उनी थप समय क्लबमा रहने भएका हुन् ।
कोटिन्होको बायर्नसँगको लोन सम्झौता जुन ३० मा सकिदैछ । तर, कौटिन्हो च्याम्पियन्स लिग समाप्त भएसम्म बायर्नमा रहने छन् ।
च्याम्पियन्स लिग अगष्ट ७ बाट सुचारु भएर २३ मा सकिनेछ ।
यस सिजन कोटिन्होले २२ खेलमा ८ गोल गरेका छन् । तर, कोरोना भाईरसको कारण स्थगित लिग सुचारुपछि उनी मैदान उत्रिएका छैनन् ।
चोटको शल्यक्रियापछि उनी प्रशिक्षणमा मात्र सामेल हुँदै आएका छन् ।