एजेन्सी । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदान च्याम्पियन्स लिगको नयाँ ढाँचा (फर्म्याट)लाई लिएर खुसी देखिएका छन् ।
उनले च्याम्पियन्स लिगको नयाँ ढाँचा आफुलाई अनुशरण गर्न कुनै समस्या तर्क गरेका छन् ।
च्याम्पियन्स लिगको अबरुद्ध सिजन अगष्टबाट सुरु हुदैछ । अन्तिम १६ को दोस्रो लेगको खेलमा रियल मड्रिडले म्यान्चेष्टर सिटीसंग प्रतिस्पर्धा गर्दैछ ।
गत फेब्रुअरीमा घरेलु मैदान स्यान्टियागो बर्नवेउमा भएको पहिलो लेगको खेलमा मड्रिड क्लब २–१ ले पराजित बनेको थियो । लगत्तै कोरोना भाईरसको महामारीका कारण युरोप सहित विश्वभरको फुटबल अबरुद्ध बनेको थियो ।
कोरोनाकै कारण फ्रान्सको लिग वान रद्ध बन्यो । बुन्डेसलिगा मेमा सुरु भयो । यसै महिना ला लिगा र प्रिमियर लिग र ईटालीको फुटबल समेत सुरु भईसकेको छ ।

बुुधबार युरोपेली फुटबल महासंघ (यूईएफए)ले च्याम्पियन्स लिगका ८ टिमको खेल पोर्चुगलको लिस्बोनमा अगष्टमा सुरु हुने बताएको छ ।
क्वार्टरफाईनलका खेल अगष्ट १२ देखि १५, सेमिफाईनलको खेल अगष्ट १८ देखि १९ र फाईनल खेल अगष्ट २३ मा तय गरिएको छ ।
प्रि–क्वार्टरफाईनलको दोस्रो लेगका बाँकी खेल अगष्ट ७ र ८ मा हुने तय भएपनि खेल्ने स्थानको टुङ्गो लागेको छैन ।
प्रशिक्षक जिदानले यूईएफएले प्रस्ताव गरेको समाधानको उपाय सिजन सक्ने उत्कृष्ट विकल्प भएको बताए ।
‘हामी एक विशेष क्षण बाँचिरहेका छौ । र सबै बिशेष हुनेछ ।’ पत्रकार सम्मेलनमा जिदानले भने ।
‘हामीलाई खेल्ने ढाँचा थाहा छ । यो कसरी हुन्छ भनेर । तर दोस्रो लेग कहाँ खेल्ने बिषय अहिलेसम्म टुङ्गो लागेको छैन ।’ उनले भने ।
‘हामी यसलाई स्विकार गछौ । यदी यो लिस्बोन वा म्यान्चेष्टर जहाँ भएपनि हामी खेल्नेछौ । पहिलो कुरा हामी सिटीबिरुद्ध राम्रो गर्ने कोशिश गर्नेछौ ।’ उनले भने ।
‘महत्वपूर्ण कुरा हामीले पुन खेल्न पाएका छौ । हामी खुसी छौ । तर च्याम्पियन्स लिगको नयाँ ढाँचा मेरो नजरमा नराम्रो छैन ।’ जिदानले भने, ‘सबै कुरा एकै ठाउँमा गर्ने निर्णय ठिक छ ।’