एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलका थप एक जनालाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
प्रिमियर लिगले पछिल्लो पटकको परिक्षणमा एक जनामा कोरोना देखिएको जनाएको छ ।
पछिल्लो पटक १५ सय ४१ खेलाडी र स्टाफमा परिक्षण गर्दा एक जनामा पोजेटिभ देखिएको हो । कोरोना पोजेटिभ हुनेको नाम गोप्य राखिएको छ ।
यससँगै प्रिमियर लिगका कुल १५ जनामा कोरोना पोजेटिभ देखिएको छ ।