रियल मड्रिडले बेच्यो सान्चेज
मंगलबार, ०२ असार २०७७खेलपाटी संवाददाता

एजेन्सी । रियल मड्रिडका डिफेन्डर जाभी सान्चेज स्थायी रुपमा रियल भायाडोलिटमा अनुबन्ध भएका छन् ।
लोनमा खेलिरहेका सान्चेजलाई भायाडोलिटले मंगलबार स्थायी रुपमा अनुबन्ध गरेको छ ।
नयाँ सम्झौतासँगै स्पेनिस डिफेन्डर सान्चेज २०२४ सम्म क्लबमा रहने छन् ।
सम्झौता रकम भने खुलाईएको छैन ।
सन् २००५ मा रियल आएका उनले सिनियर टिमबाट खेल्ने मौका भने कम पाएका थिए ।
उनी सन् २०१९ मा भायाडोलिट गएका थिए ।








-1766493993239.jpg&w=3840&q=75)


-1766479491057.jpeg&w=3840&q=75)

