एजेन्सी । कोरोना भाईरसको महामारीबीच सुचारु स्पेनिस ला लिगा फुटबलमा सेभिया बराबरीमा रोकिएको छ ।
ला लिगा अन्तर्गत सोमबार राति भएको खेलमा सेभियाले लेभान्टेसँग १-१ गोलको बराबरी खेलेको हो ।
लेभान्टेको मैदानमा ४६ औं मिनेटमा लुक डी जोङले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए ।
तर, खेलको ८७ औं मिनेटमा डिएगो कार्लोसले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरीमा सकिएको थियो ।
बराबरीसँगै लिगको तेस्रो स्थानमा रहेको सेभियाले २९ खेलमा ५१ अंक जोडेको छ । लेभान्टे ३५ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

अर्को खेलमा रियल बेटिस र ग्रानडाले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।
३४ अंक जोडेको बेटिस १३ औं स्थानमा रहेको छ । ४२ अंक जोडेको ग्रानडा आठौं स्थानमा रहेको छ ।