एजेन्सी । इंग्लिस क्लब वाट्फोर्डका कप्तान ट्रोय डेनीले हरेक फुटबल टिममा एक समलिंगी (गे) खेलाडी भएको बताएका छन् ।
बीबीसीको पोस्टकास्ट कार्यक्रममा बोल्दै डेनीले हरेक टिममा एक खेलाडी समलिंगी भएको बताएका हुन् ।
कार्यक्रममा बोल्दै डेनीले खेलाडीले आफुलाई समलिंगी भएको कुरा बाहिर ल्याउन अहिले पहिलेको भन्दा सहज भएको समेत बताए ।
'म रेकर्डमा जान्छु कि प्रत्येक फुटबल टोलीमा एक समलिंगी वा बाइसेक्सुवल खेलाडी छन् । त्यहाँ छन् । १०० प्रतिशत छन्,' उनले भने, 'मलाई लाग्छ कि त्यस समुदायबाट आउने पहिलोलाई धेरै जिम्मेवारी बहन गर्नु पर्नेमा चिन्तित छन् । मलाई लाग्छ एक बाहिर आउँदा त्यहाँ भार हुन्छ ।'
पछिल्लो समय विभिन्न देशका केहि शीर्ष महिला खेलाडीहरुले आफु समलिंगी भएको सार्वजनिक गरिसकेका छन् । यस्तै पुरुष टिममा समेत धेरै समलिंगी खेलाडी भएको विश्वास गरिएको छ ।
एस्टन भिल्ला तथा जर्मनीका पूर्व मिडफिल्डर थोमस हिटल्ज्लर्गरले सन्यासपछि आफ्नो समलिंगी भएको खुलासा गरेका थिए ।
'यदि उनीहरु बाहिर आए भने तपाईले पक्कै विश्वास गर्नु हुनेछ । पहिलो हप्ता कम्तिमा १०० मानिस आउने छन् । उनीहरु अहिले यसलाई सामना गर्न चाहदैनन,' उनले थपे ।