• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
महिला क्रिकेटमा बनेको सर्वाधिक रनकाे कीर्तिमान !
बिक्रम बुढा क्षेत्री
सोमबार, असार १, २०७७ बिक्रम बुढा क्षेत्री
महिला क्रिकेटमा बनेको सर्वाधिक रनकाे कीर्तिमान !
न्युजिल्याण्डकी अमेलिया केर । फाेटाे : खेलपाटी

एजेन्सी । अमेलिया केरले बेलिण्डा क्लार्कको बारेमा थाहा पाएकी थिइनन् । अष्ट्रेलियाकि पुर्व कप्तान क्लार्कले १९९७ मा प्रहार गरेको अविजित २ सय २९ रन बारे पनि उनलाई थाहा थिएन ।

सन् २००१ मा जन्मिएकी केरले सो कीर्तिमान २१ वर्षपछि तोड्न सकिन् । सन् २०१८ मा आयरल्याण्डसँगको खेलमा केरले अविजित २ सय ३२ रन बनाईन् ।

यो अहिलेसम्मकै महिला क्रिकेटमा व्यक्तिगत उच्च स्कोर हो । उनी पुरुष–महिला दुवै क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने सबैभन्दा कान्छी खेलाडी बनेकी थिइन् ।

लेग स्पिन बलिङ अलराउण्डरको भुमिकामा खेल्ने उनले त्यसदिन बलिङमा पनि उल्लेख्य प्रदर्शन गरिन् । केरले बलिङतर्फ १७ रनको खर्चिएर ५ विकेट हात पारेकी थिइन् ।

‘मैले बेलिण्डा क्लार्कको बारेमा पहिले सुनेकी थिइन । मलाई रेकर्डको बारेमा पनि थाहा थिएन । बिचमा रेकर्ड बारे घोषणा गरेको जस्तो सुनेकी थिए, तर मैले बुझेकी थिइन, किनकी सबैले ताली बजाइरहेका थिए । मेरो लागि यो निकै रमाइलो थियो ।’ केरले भनिन् ।

WT20WC: NZ v SL - Amelia Kerr breaks the opening partnership

उनको कीर्तिमान तोड्न महिला क्रिकेटरलाई लामो समय लाग्ने देखिन्छ ।

अन्तर्राष्ट्रिय स्तरमा पहिलो पटक ओपनरको रुपमा खेल्दा उनले पूरा ५० ओभरनै ब्याटिङ गरेकी थिइन् ।

‘ओपनिङ गर्न पाउनु मेरा लागि सौभाग्य थियो । यसले गर्दा मैले सुरुबाट खेल्दै गएपछि मध्य ओभरमा पनि खेल्ने मौका मिल्दथ्यो । मैले सुरुमा मेहेनत गरेपछि भने आत्मबल बढ्यो र लेइग (कास्परेक)सँग साझेदारी गर्दै बाउन्ड्री प्रहार गर्न लागे । हाम्रो विकेट नगएकाले झनै ठुला शट खेल्ने साहस आएको थियो ।’ उनले सुनाइन् ।

केर तावा कलेजम पढ्दै क्रिकेट खेल्ने गर्दथिन् । वेलिङ्टनको उत्तरी भेगमा उनले उमेर समुहको खेल खेलेकी थिइन् । उनले न्युजिल्यान्डको टोलीमा भने सन् २०१६ मा डेब्यु गरेकी थिइन् ।

‘तावा निकै सुन्दर ठाउँ हो, निकै उत्कृष्ट समुदाय छ । मेरो रेकर्ड उनिहरुका लागि हो । मलाई विश्वास छ, उनीहरु खुशीयाली मनाउँदै छन् ।’ केरले खेलपछि बताएकी छिन् ।

केरको सो स्कोरले टोलीकी प्रशिक्षक हेइडी टिफेनलाई आफुले गरेको साझेदारी याद दिलाएको थियो । सन् २००९ मा टिफेन र सेझे बेट्सले २ सय ६२ रनको साझेदारी गरेका थिए । त्यो समय न्युजिल्यान्डका खेलाडीले गरेको सबैभन्दा ठूलो साझेदारी थियो ।

कास्परेक र केरको दोश्रो विकेटका लागि २ सय ९५ रनको साझेदारीले टिफेनलाई आफ्नो खेल जिवनको महत्वपूर्ण दिन सम्झाइदिएको थियो ।

‘सेझे र मैले त्यो रेकर्ड गराएका थियौं र हामी केर र कास्परेक जस्ता अद्भुत खेलाडीलाई सो कीर्तिमान तोडेको देख्दा निकै खुशी थियौं ।’ टिफेनले भनिन्, ‘कीर्तिमान भनेकै तोडिनका लागि बन्छन् । यसले हाम्रो टोलीलाई कहाँसम्म पु¥याउन सकिन्छ भन्नेको छनक दिएको थियो । हामी निकै उत्साहित थियौं ।’

‘केर निकै असल छिन् । उनको अनुहारमा सधैं मुस्कान हुन्छ । उनी सदैव टिमका लागि उत्कृष्ट खेल्न चाहाने स्वभावकी छन् ।’ प्रशिक्षक टिफेनले बताइन् ।

Summary: Match 4 - Amelia Kerr and Beth Mooney's fifty helps ...
केरले आफ्नो ब्याटिङको अन्त्य जसरी गरेकी थिइन्, त्यो पनि हेर्न लायक थियो । अन्तिम ३ बलमा उनले क्लार्कको २ सय २९ रनको कीर्तिमान तोड्ने बेलामा २ चौका र १ छक्का प्रहार गरेकी थिइन् । खेलमा भने उनले २ छक्का र ३१ चौका हिर्काएकी थिइन् ।

‘केरले कीर्तिमान तोड्लिन् कि नाइँ भन्दै मैले मनमै प्रश्न गरिरहेकी थिए । केरलाई सो कीर्तिमान तोड्न एक चौका अथवा एक छक्का आवश्यक थियो । उनलाई कीर्तिमान बारे थाहा थिएन, तर उनले अन्तिम बलमा छक्का प्रहार गर्दै कीर्तिमान तोड्न सकिन् ।’ टिफेनले स्मरण गरिन् ।

सुनमा सुगन्ध छर्नु भने झै उनले आफ्नो यस कीर्तिमानमा अर्को पनि सम्झनालायक क्षण थपिन्, जब उनले ५ विकेट हात पारिन् ।

‘मलाई त्यसदिन बलिङ गर्न पाउँछु जस्तो लागेको थिएन । म थाकेकी हुँदा सुझेले मलाई खेल अवधिभर स्लिपमै राख्छिन् जस्तो लागेको थियो ।’ केरले भनिन्, ‘फिल्डिङमा उत्रनु अगाडी मलाई फिजियोले टेबलमा सुत्न भन्नुभएको थियो र दुई मिनेट थकाइ मारेपछि पुन मैदान उत्रिएकी थिए ।’

‘मैदान उत्रिए पछि मलाई निकै आनन्द आइरहेको थियो । पिच टर्निङ थियो, जसले मलाई फाइदा दिन सक्थ्यो । मैले सुझेसँग बलिङ मागे र बलिङ गर्न पाए ।’ केरले थपिन् ।

अन्तिममा न्युजिल्यान्डले सो सिरिज ‘ह्वाइट्वास’ गरेको थियो । न्युजिल्यान्डले सबै खेलमा ४ सय बढी रन प्रहार गर्दै ३ सय बढीको अन्तरालको जित हात पारेको थियो । दुबै बलिङ अलराउण्डर केर र कास्परेकलाई शीर्ष क्रममा खेलाउने प्रशिक्षकको प्रयोगले सकारात्मक नतिजा दिएको थियो ।

‘मैले केरलाई नजिकबाट चिन्छु । उनीसंग ठूलो स्कोर लगाउने तागत छ । उनी हाम्रो टोलीकै सबैभन्दा उत्कृष्ट अलराउण्डर हुन् । अब उनले टोलीका लागि शीर्ष क्रममै ब्याटिङ गर्ने छिन् ।’ टिफेनले भनिन्, ‘उनको बलिङ झन् उनका लागि फाइदाको विषय हो । १७ वर्षकै उमेरमा उनी निकै उत्कृष्ट छिन् ।’

(क्रिक इन्फाेबाट अनुवाद)

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP