एजेन्सी । कोरोना भाईरसको महामारीबीच सुचारु स्पेनिस ला लिगा फुटबलमा आज (सोमबार) दुई खेल हुँदैछ ।
ला लिगामा सोमबार सेभिया र लेभान्टे तथा रियल बेटिस र ग्रानडाबीच प्रतिस्पर्धा हुनेछ ।
सेभियाले लेभान्टेसँग उसैको मैदानमा खेल्नेछ । दुई बीचको खेल नेपाली समय अनुसार ११:१५ बजे सुरु हुनेछ ।
लेभान्टेको भ्रमण गर्दा सेभिया जित निकाल्दै शीर्ष दुई क्लबसँगको अंक दुरी घटाउने योजनामा हुनेछ ।
लिगको तेस्रो स्थानमा रहेको सेभियाले २८ खेलमा ५० अंक जोडेको छ । र, लेभान्टेलाई पराजित गरे सेभियाले बार्सिलोना र रियल मड्रिडसँगको अंक दुरी घटाउने छ ।
बार्सिलोना ६१ अंकसहित शीर्ष र रियल ५९ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
लेभान्टे ३४ अंक जोडेर १२ औं स्थानमा रहेको छ । घरेलु मैदानमा जित निकाल्दै लेभान्टे शीर्ष १० मा उक्लन चाहन्छ ।
यस्तै अर्को खेलमा रियल बेटिसले घरेलु मैदानमा ग्रानडासँग खेल्नेछ ।
३३ अंक जोडेको बेटिस १३ औं स्थानमा रहेको छ । ४१ अंक जोडेको ग्रानडा नवौं स्थानमा रहेको छ ।