एजेन्सी । जर्मन बुन्डेसलिगामा बायार लेवरकुसनले साल्केसंग बराबरी खेल्दै अंक बाँडेको छ ।
आईतबार राति भएको खेलमा लेवरकुसनले साल्केसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
खेलमा अग्रता ५१ औं मिनेटमा ड्याaनियल कालिगुरीको पेनाल्टी गोलबाट साल्केले लिएको थियो । ८१ औं मिनेटमा जुआन मिरान्डाको आत्मघाति गोलमा खेल लेवरकुसन खेलमा फर्किएको थियो ।
बराबरीसंग लेवरकुसन च्याम्पियन्स लिगको दौडमा यथावत रहेको छ । लिगमा तीन चरणको मात्र खेल बाँकी रहदाँ लेवरकुसन ५७ अंक जोड्दै तालिकाको चौथो स्थानमा रहेको छ । साल्के ३९ अंक सहित नवौं स्थानमा उक्लिएको छ ।
अर्को खेलमा खेलमा मेन्जमाथि आउग्सबर्गले १–० को जित निकाल्यो । दुवै टोलीले रेलिगेशनको दबाब खेपिरहेका थिए ।
पाहुना टोली आउग्सवर्गका लागि फ्लोरियन निडरलेनरले पहिलो मिनेटमै गोल गर्दै महत्वपूर्ण तीन अंक दिलाए । जितसंगै आउग्सवर्गले रेलिगेशन जोनबाट आफुलाई टाढा राख्न सफल भएको छ ।
उसले ३५ अंक जोड्दै तालिकाको १३ औं स्थानमा उक्लिएको छ । मेन्ज ३१ अंक रेलिगेशन जोन भन्दा एक स्थानमाथि रहेको छ ।