एजेन्सी । कोरोनाको महामारीबीच सुचारु जर्मन बुन्डेसलिगा फुटबलमा आज (आइतबार) दुई खेल हुँदैछ ।
बुन्डेसलिगामा आइतबार साल्केले घरेलु मैदानमा बायार लेवरकुसनसँग खेल्नेछ । दुई टोलीबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा साल्के जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ । ३८ अंक जोडेर ११ औं स्थानमा रहेको साल्के शीर्ष १० भित्र पुग्ने योजनासहित मैदान उत्रने छ ।
यता, लेवरकुसन घरेलु टोलीलाई हराएर शीर्ष चारमा उक्लिन चाहन्छ । साल्केलाई पराजित गरे लेवरकुसन चौंथो स्थानमा उक्लने छ ।
५६ अंक जोडेको लेवरकुसन पाँचौं स्थानमा रहेको छ ।
अर्को खेलमा माइन्ज र आउग्सबर्गबीच प्रतिस्पर्धा हुनेछ ।
रेलिगेसन क्षेत्र नजिकको दुवै टोली जित निकाल्दै त्यस क्षेत्रबाट माथि उक्लन चाहन्छ ।
१५ औं स्थानको माइन्जको ३१ र १४ औं स्थानको आउग्सबर्गको ३२ अंक रहेको छ ।