नर्विच सिटीका खेलाडीमा कोरोना

एजेन्सी । प्रिमियर लिग क्लब नर्विच सिटीका खेलाडीमा कोरोनाको संक्रमण देखिएको छ ।
पछिल्लो चरणमा १२ सय जनाको परिक्षण गर्दा नर्विच सिटी सहितका खेलाडी सहित दुई जनामा कोरोनाको संक्रमण देखिएको हो ।
बिहिबार र शुक्रबार खेलाडी तथा स्टाफको परिक्षण गरिएको थियो । शुक्रबार भएको अभ्यास खेलमा नर्विचले टोटेहमलाई २–१ ले समेत हराएको थियो ।
टोटेनहमले आफ्ना कुनै खेलाडी तथा स्टाफमा कोरोनाको संक्रमण नभएको बताएको छ । उसले नर्विचका कुनैपनि खेलाडीसंग नजिकबाट सम्पर्कमा नरहेको बताएको छ ।
नर्विचले संक्रमित खेलाडीको नाम सार्वजनीक गरेको छैन । र खेलाडीलाई ७ दिनका लागि एकान्तवासमा पठाएको जनाएको छ । उनले प्रिमियर लिगका सुरुवाती खेल गुमाउनेछन् । प्रिमियर लिग मार्च १३ बाट स्थगित अवस्थामा छ ।
प्रतियोगिता बन्द रंगशालामा जुन १७ बाट सुुरु हुदैछ । पहिलो दिन एस्टन भिल्ला र सेफिल्ड युनाईटेड तथा म्यान्चेष्टर सिटी र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ ।
करिब ८ हजार ६ सय ८७ जनामा परिक्षण गर्दा प्रिमियर लिगमा १६ जनामा संक्रमण देखिएको छ ।