शुक्रबार, ०४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

काभानी र सिल्भाले पीएसजी छाड्ने

आइतबार, ३२ जेठ २०७७खेलपाटी संवाददाता
काभानी र सिल्भाले पीएसजी छाड्ने
Loading ad...
mustang rice ad

एजेन्सी । ईडिन्सन काभानी र थिएगो सिल्भाले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्ने भएका छन् ।

पीएसजीका कीर्तिमानी गोलकर्ता काभानी र कप्तान थिएगो सिल्भाले यस सिजनको अन्त्यसंगै पेरिस क्लब छाड्ने पक्का भएको हो ।

क्लबका निर्देशक लियोनार्दोले ३३ बर्षिया फरवार्ड काभानी र ३५ बर्षिया कप्तान सिल्भाले फ्रि एजेन्टको रुपमा क्लब छाड्न लागेको पुष्टि गरेका छन् ।

दुवै खेलाडीको क्लबसंगको सम्झौता यसै सिजन सकिदै थियो ।

पेरिस क्लबले दुवै खेलाडीले अगष्टमा हुने च्याम्पियन्स लिगमा खेल्ने आशा गरेको छ । च्याम्पियन्स लिगको क्वाटरफाईनल पुग्ने चार टिम मध्य पीएसजी समेत एक हो ।

‘यो साँचो हो । हामी दुवै यात्राको अन्तिम बिन्दुसम्म पुग्दैछौ ।’ फ्रान्सेली पत्रिकालाई दिएको अन्तरवार्तामा लियोनार्दोले भनेका छन्, ‘हाम्रो सोच अगष्टको अन्तिमसम्म राख्ने रहेको छ । जसले गर्दा उनीहरु च्याम्पियन्स लिग खेल्न सकुन ।’

पीएसजीका सहकर्मी आन्द्रे हेरेराले काभानी ला लिगा जान चाहेको बताईरहेको समय क्लबले यस्तो घोषणा गरेको हो ।

काभानी ला लिगा क्लब एट्लेटिको मड्रिडसंग जोडिएका छन् । पीएसजीसंग सम्झौता सकिनु अघिनै काभानी एट्लेटिकोसंग सम्झौता गर्न चाहेका थिए ।

क्लबले साढे ८ मिलियन पाउण्डको प्रस्तावलाई यसअघि अस्विकार गरेको थियो । तर हेरेराले भने काभानी र क्लब सम्झौताको नजिक रहेको बताएका छन् । काभानीले ७ बर्ष फ्रान्सेली क्लब पीएसजीमा बिताएका थिए ।

‘मलाई थाहा छ, काभानी स्पेनमा खेल्न चाहन्छन् ।’ हेरेराले एक अन्तरवार्तामा भनेका छन् ।

‘उनले देश र लिगलाई मन पराउँछन् । उनले मसंग धेरै सोधेका पनि छन् ।’ हेरेराले भने ।

पछिल्लो हप्ता मौरो ईकार्डीले स्थायी रुपमा पीएसजीसंग सम्झौता गरेपछि ३३ बर्षिया फरवार्डको फ्रान्स बसाई अनिश्चित बनेको थियो ।

काभानी गत जनवरीमा चेल्सीसंग समेत जोडिएका थिए । उनी ईन्टर मिलानसंग समेत सम्पर्कमा छन् । ईकार्डीलाई पीएसजी बेचेको ईन्टरले लौटेरो मार्टिनेजलाई बार्सिलोना पठाएको खण्डमा काभानीलाई अनुबन्ध गर्न सक्नेछ ।

चोटका कारण काभानीले यस सिजन पीएसजीबाट मात्र १४ लिग खेल मात्र खेल्न सके । उनी ८ पटक बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए । उनले ४ गोल र २ गोलको अवसर समेत सिर्जना गरेका थिए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

इतिहास रच्ने लक्ष्यमा सम्राट

इतिहास रच्ने लक्ष्यमा सम्राट

अपराजित रहँदै आर्मी च्याम्पियन

अपराजित रहँदै आर्मी च्याम्पियन

इलाम गोल्डकपको ट्रफी अनावरण

इलाम गोल्डकपको ट्रफी अनावरण

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
इतिहास रच्ने लक्ष्यमा सम्राट

इतिहास रच्ने लक्ष्यमा सम्राट

अपराजित रहँदै आर्मी च्याम्पियन

अपराजित रहँदै आर्मी च्याम्पियन

इलाम गोल्डकपको ट्रफी अनावरण

इलाम गोल्डकपको ट्रफी अनावरण

बाह्रखरी गल्फ १९ गते

बाह्रखरी गल्फ १९ गते

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

बास्केटबल र फुटसल हुने

बास्केटबल र फुटसल हुने

 टी–२० आई टोलीमा फर्किए कुशल

टी–२० आई टोलीमा फर्किए कुशल

टी–२० आईमा नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने

टी–२० आईमा नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने