ईन्टरलाई हराउँदै नापोली फाईनलमा

एजेन्सी । ईन्टर मिलानलाई हराउँदै नापोली कोपा ईटालियाको फाईनलमा प्रवेश गरेको छ ।
शनिबार राति भएको सेमिफाईनलको दोस्रो लेगमा १–१ को बराबरी खेल्दै समग्रमा २–१ को नतिजा सहित पाँच पटकको विजेता नापोली फाईनल प्रवेश गरेको हो ।
पहिलो लेगको खेलमा नापोलीले १–० को अग्रता लिएको थियो ।
सेमिफाईनलको दोस्रो लेगमा पाहुना टोली ईन्टरले क्रिस्टियन ईरिक्सनको गोलबाट खेलमा अग्रता थियो । ड्रिज मर्टेन्सले ४१ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । लोरेन्जोको पासमा मर्टेन्सले नापोलीबाट कीर्तिमान गोल गर्न सफल रहे ।
मर्टेन्सले नापोलीको जर्सीमा कीर्तिमानी १ सय २२ औं गोल गरेका हुन् । उनले स्लोभाकियाका मारिक हाम्सिकको कीर्तिमानीलाई भंग गर्न सफल रहे ।
दोस्रो लेगमा दुवै टोलीले अंक बाँड्न परेपछि नापोलीले पहिलो लेगमा लिएको अग्रताका आधारमा फाईनल प्रवेश गर्न सफल रह्यो ।
नापोलीले उपाधिका लागि युभेन्ट्ससंग आगामी बुधबार प्रतिस्पर्धा गर्नेछ । युभेन्ट्सले एसी मिलानलाई हराउँदै कोपा ईटालियाको फाईनल प्रवेश गरिसकेको छ ।
नोपोलीले पछिल्लो पटक सन् २०१४ मा प्रतियोगिताको उपाधि उचालेको थियो ।