एजेन्सी । स्पेनिस मिडफिल्डर सउल निगुएजले आफु पूर्ण रुपमा ला लिगा क्लब एट्लेटिको मड्रिडमा केन्द्रित भएको बताएका छन् ।
एट्लेटिको छाड्ने चर्चा चलिरहेको बेला निगुएजले आफु क्लबलाई शीर्ष चारमा पुर्र्याउने लक्ष्यमा केन्द्रित भएको बताएका हुन् ।
इंग्लिस क्लबसँग जोडिएका निगुएजले यस अघि सामाजिक संजालबाट क्लब छाड्ने संकेत गरेका थिए ।
तर, स्पेनिस रेडियो मार्कासँग कुरा गर्दै निगुएजले आफु क्लबमै केन्द्रित भएको दाबी गरे ।
'इन्स्टाग्राम र न्युजपेपरमा प्रकाशित कुराहरु हेर्छु । तर, मैले कुनै पनि क्लबको कुरा सुनेको छैन,' निगुएजले भने, 'म यस सिजन समाप्त गर्न केन्द्रित छु । लिगमा शीर्ष चार र च्याम्पियन लिग जित्ने सपना छ ।'
यस अघि निगुएजले ट्वीटरमा एक समर्थकले सोधेको प्रश्नमा निगुएजले आफुले तीन दिन भित्र नयाँ क्लबको घोषणा गर्ने बताएका थिए ।
२५ वर्षे निगुएज म्यानचेस्टर युनाइटेड जाने चर्चा चलेको थियो । तर, निगुएजले आफु क्लब नछाड्ने दाबी गरेका छन् ।
'मैले क्लबसँग लामो समयको सम्झौता गरेको छु । त्यसैले म यहाँ बस्न चाहन्छु । मलाई यहाँ बस्न समस्या छैन । किनकी मेरो यो घर हो, परिवार यहाँ छ ।'
यस सिजन निगुएजले ३७ खेलमा ४ गोल गरेका छन् ।
यस सिजन एट्लेटिको छैटौं स्थानमा रहेको छ ।