एजेन्सी । कोरोना भाईरसको महामारीबीच जारी जर्मन बुन्डेसलिगा फुटबलमा आज (शुक्रबार) एक खेल हुँदैछ ।
शुक्रबार हुने एक खेलमा आरबी लाइपजिग र होफेनहाइमबीच प्रतिस्पर्धा हुनेछ ।
होफेनहाइमको मैदानमा हुने खेल नेपाली समय अनुसार राति १२:१५ मा सुरु हुनेछ ।
घरेलु टिमविरुद्ध लाइपजिग सहज जितको खोजीमा हुनेछ । जितसँगै लाइपजिग शीर्ष दुई क्लबसँगको अंक दुरी समेत घटाउन चाहन्छ ।
लिगको तेस्रो स्थानमा रहेको लाइपजिगको ५७ अंक रहेको छ । लाइपजिग शीर्ष स्थानको बायर्न म्युनिखभन्दा ११ अंक र दोस्रो स्थानको बोरुसिया डर्टमण्ड भन्दा ४ अंकले पछि रहेको छ ।
यता, होफेनहाइम लाइपजिगलाई हराउँदै शीर्ष ५ टिमसँगको अकं दुरी छोट्टाउन चाहन्छ ।
४३ अंक जोडको होफेनहाइम सातौं स्थानमा रहेको छ ।