• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
अन्तिममा गणेश थापालाई पिताम्बरको भर !
हिम बिक्रम केसी
शुक्रबार, जेठ ३०, २०७७ हिम बिक्रम केसी
अन्तिममा गणेश थापालाई पिताम्बरको भर !

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पामाथि कारबाहीको माग राख्दै आएका पूर्व अध्यक्ष गणेश थापाले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष पिताम्बर तिम्सिनासंग भेट गरेका छन् ।

विधान मिचेका आरोपमा एन्फा अध्यक्ष शेर्पामाथि कारबाही हुनुपर्ने माग गर्दै आएका थापाले राखेप उपाध्यक्ष तिम्सिनासामु सोही अडान दोह¥याएका छन् ।

तराईमा सञ्चालित ग्रासरुट फुटबलका बिषयमा शेर्पाले लिएको अभिब्यक्ति एन्फा विधान विपरित रहेको भन्दै थापाले एन्फा अध्यक्षमाथि कारबाहीको माग निरन्तर गर्दै आएका छन् ।

तर थापाको मागको कुनै सरोकारवाला निकायले वास्ता गरेका छैनन् ।

थापाले शेर्पाको विवादास्पद अभिब्यक्तिलाई लिएर मधेशी दलका नेतादेखि खेलकुद मन्त्री, राखेप सदस्य सचिवसम्मको गम्भिर ध्यानकर्षण गराएका थिए ।

थापाकै माग अनुसार मधेशबाट संसदमा प्रतिनिधित्व गर्ने सांसदद्धय विमलप्रसाद श्रीवास्तव र प्रदीप यादवले एन्फा अध्यक्ष शेर्पामाथि कारबाहीको माग गरेका थिए ।

सांसद श्रीवास्तावले पूर्व अध्यक्ष थापाकै आग्रहमा संसदमा बिषय प्रवेश गराएको एन्फा अध्यक्ष शेर्पाको ठम्याई रहदै आएका छ । किनकी श्रीवास्ताव राप्रपाका पुराना नेता हुन् ।

एक कदम अघि बढ्दै सांसद यादवले संसद बैठकमै एन्फाले खेलकुद मन्त्रीलाई प्रभावित बनाउन १७ करोड रुपैयाँ दिएको अरोप समेत लगाएका थिए । खेलकुद मन्त्रीमाथि आर्थिक अपचलनको गम्भिर आरोप लगाएपछि सांसद यादव विवादमा तानिएका थिए ।

संघीय समाजवादी पाटी फुटाउने प्रयास असफल बनेपछि विवादीत बनेका सांसद यादव फुटबल प्रकरणमा चौतर्फी आलोचनाको पात्र बनेका थिए ।

एक अनलाईनलाई दिएको अन्तरवार्ता विवादीत बन्दै संसद प्रवेश गरेसंगै एन्फा अध्यक्ष शेर्पा दबाबमा आएका थिए । सुरुवातमा आफुमाथि षड्यन्त्र भएको हल्का प्रक्रिया दिएर पन्छिएका शेर्पाले संसदमा बिषय प्रवेश गरेको एक हप्तापछि बिज्ञप्ती निकाल्दै माफी मागेका थिए ।

उनले कुनैपनि क्षेत्र, भुगोल, धर्म, सम्प्रदायलाई लक्षित गर्दै अभिब्यक्ति नदिएको भन्दै कसैप्रति चोट पुगेको खण्डमा माफी मागेका थिए ।

एन्फा अध्यक्षले माफ मागेपनि सांसद प्रदीप यादवले भोलिपल्टै संसद बैठकमा पुन शेर्पामाथि कारबाहीको माग गरे । उनले एन्फा अध्यक्षमाथि कारबाहीको माग मात्र गरेनन्, खेलकुद मन्त्रीले १७ करोड लिएको विवादास्पदक अभिब्यक्ति समेत दिन भ्याए ।

शेर्पाको अभिब्यक्तिलाई लिएर एन्फाभित्र वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ र पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठ विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघ एएफसीमा उजुरी दिए । उनीहरुले शेर्पालाई एन्फा अध्यक्षबाट बाहिर राख्दै घटनाको अनुसन्धान गर्नुपर्ने माग गरेका थिए । शेर्पाकै अभिब्यक्तिलाई लिएर मधेशी आयोगमा समेत उजुरी पर्यो ।

सुरुवातदेखिनै वर्तमान एन्फा नेतृत्वबिरुद्ध चलखेल गरिरहेका चार जिल्ला फुटबल संघ (काठमाडौंं, ललितपुर, भक्तपुर, धादिङ)ले प्रधानमन्त्री सहित प्रधानमन्त्री कार्यालय, खेलकुद मन्त्रालय, राखेपमा शेर्पालाई कारबाहीको माग गर्दै उजुरी दिएका थिए ।

फुटबल संघ भित्र र बाहिरबाट चौतर्फी घेराबन्दीमा परेका एन्फा अध्यक्ष शेर्पालाई जेठ ६ गते खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले संसदमा दिएको जवाफले पुरै राहत दिलाउने काम गर्यो ।

नयाँ आर्थिक बर्षको बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले १७ करोड रुपैयाँ एन्फाबाट लिएको आरोप पुष्टि गर्न सांसद प्रदीप यादवलाई चुनौतीमात्र दिएनन्, एन्फा अध्यक्षले दिएको अभिब्यक्ति आफुलाई जानकारी नभएको प्रतिक्रिया समेत दिए ।

उनले एन्फा अध्यक्षले बोलेको कुरा आफुलाई जानकारी नभएको बताउँदै आफुलाई अनावश्यक विवादमा तानिएकोमा असन्तुष्टि पोखे ।

खेलकुद मन्त्रीको जवाफको मुख्य सार थियो, एन्फा अध्यक्ष शेर्पामाथि तत्काल कुनै कारबाही गरिने छैन, यस बिषयमा मलाई कुनै जानकारी छैन ।

संसदमा आफ्नै अगाडी दुई सांसदले उठाएका बिषय खेलकुद मन्त्रीले थाहा नपाएको भन्नुको अर्थ थियो, एन्फा अध्यक्षमाथि तत्काल कुनै कारबाही प्रक्रिया अघि बढ्दैन ।

खेलकुद मन्त्रीले संसद बैठकमा दिएको अभिब्यक्तिसंगै शेर्पालाई कारबाही गरेर बदला लिने एक थरीको सपना र जिम्मेवारीबाट मुक्त गरेर कार्यवहाक चलाउने अर्को पक्षको आशा तुहिने प्रष्ट संकेत गर्यो ।

फुटबल राजनीतिबारे पुरा जानकार राखेप सदस्य सचिव रमेश सिलवाल सुरुमै एन्फा विवादमा फस्न चाहेनन् । उनले सुरुवातबाटै एन्फा भित्रका असन्तुष्ट पक्षसंग मिलेर फुटबल अघि बढाउन शेर्पालाई सुझाव दिदै आएका थिए ।

एन्फा अध्यक्षको विवादास्पद अभिब्यक्तिलाई उनले फुटबल विवाद सुल्झाउने भन्दा बल्झाउन केही समुह सक्रिय रहेको भन्दै शेर्पाको भाषा बोलिदिएका थिए ।

अझ जेठ २७ गते मधेशी आयोगले शेर्पालाई पत्र लेख्दै विवादास्पदक अभिब्यक्ति नदिन सचेत मात्र गरायो । शेर्पाले आत्मालोचना गरेको भन्दै मधेशी आयोगले आफ्नो ध्यानकर्षण भएको सम्म जानकारी गराउन भ्यायो ।

खेलकुद मन्त्रीले एन्फा अध्यक्षप्रति सकारात्मक देखिएपछि एन्फाका पूर्व अध्यक्ष थापा थप आक्रोशित बन्न पुगेकाछन् । उनले संसदमा बिषय प्रवेश गरेको मुद्धामा मन्त्रीलाई जानकारी हुनुपर्ने भन्दै खेलकुद मन्त्रीले गैरजिम्मेवार जवाफ दिएको आरोप लगाए । उनले मन्त्री हुनु त यस्तो भन्दै खिसिट्युरी गर्न समेत गर्न भ्याए ।

पूर्व अध्यक्ष थापाको आक्रोश यतिमै सिमित छैन । उनी नियमित जसो फेसबुकमार्फत राजीनामाको विकल्प छैन भन्दै शेर्पालाई पद छाड्न दबाब दिईरहेका छन् ।

विवादास्पक अभिब्यक्तिमा एन्फा अध्यक्ष शेर्पालाई हटाउने सबै अस्त्र विफल जस्तै देखिएपछि पूर्व अध्यक्ष थापा राखेप उपाध्यक्ष तिम्सिनाको शरणमा पुगेका छन् । शेर्पामाथि कारबाही गर्ने सबै प्रयास असफल बनेपछि थापाले राखेप उपाध्यक्ष तिम्सिनामा अन्तिम भर देखेका छन् ।

उनले शुक्रबार राखेप उपाध्यक्ष तिम्सिनासंग भेट गरि एन्फा अध्यक्ष शेर्पामाथि कारबाही हुनुपर्ने माग दोह¥याएका छन् । उनले विधान सबैका लागि समान हुने भन्दै एउटै विधानले एन्फा ललितपुरका जिल्ला अध्यक्ष पुरुषोत्तम थापा कारबाही हुने तर शेर्पा बच्न नहुने तर्क गर्दै विधान सबैका लागि समान बनाउनुपर्ने दबाब दिएका छन् ।

थापाले विधान अनुसार सबैमाथि समान कारबाही नहुदा राखेप आफैमा विवादमा पर्ने भन्दै चिन्ता र चासो राखेको बताएका छन् । थापाले फेसबुकमार्फतनै राखेप उपाध्यक्ष तिम्सिना यस बिषयमा गम्भिर रहेको जानकारी दिएका छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP