एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल सुचारुपछि खेलाडी तथा स्टाफले रंगशालाभित्र मास्क लगाउँन नपर्ने भएको छ ।
कोरोना भाईरसबाट जोगिन अन्य क्षेत्रमा मास्क अनिवार्य गरिएपनि प्रिमियर लिग सुचारुपछि मैदान भित्र भने खेलाडीले मास्क लगाउँन नपर्ने भएको हो ।
तर, खेलाडीले मैदानमा थुक्न, नाक सफा गर्न र गोल गरेपछि सामाजिक दुरी भने कायम राख्नु पर्नेछ ।
यस्तै लिग सुचारुपछि बल ब्वाई र गर्ल्स हुने छैनन् ।
कोरोनाको कारण गत मार्चबाट स्थगित लिग जुन १७ बाट सुचारु हुँदैछ ।
एस्टन भिल्ला र सेफिल्डबीचको खेलसँगै लिग सुचारु हुनेछ ।
यस सिजन लिभरपुल लिगको उपाधि नजिक रहेको छ । म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको लिभरपुल ३० वर्षपछि लिग उपाधिको संघारमा रहेको हो ।