एजेन्सी । कोरोना भाईरसको महामारीबीच सुचारु स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज (शुक्रबार) दुई खेल हुँदैछ ।
ला लिगामा शुक्रबार ग्रानडा र गेटाफे तथा भ्यालेन्सिया र लेभान्टेबीच प्रतिस्पर्धा हुँदैछ ।
ग्रानडा र गेटाफेबीचको खेल नेपाली समय अनुसार ११:१५ मा सुरु हुनेछ ।
घरेलु मैदानमा ग्रानडा जित निकाल्दै अंक तालिका सुधार गर्ने योजनामा हुनेछ । यस्तै गेटाफे घरेलु टोलीलाई हराएर चौंथो स्थानमा उक्लन चाहन्छ ।
ग्रानडा ३८ अंक सहित नवौं स्थानमा रहेको छ । ४६ अंक जोडेको गेटाफे पाँचौं स्थानमा रहेको छ ।
यस्तै भ्यालेन्सिया र लेभान्टेबीचको खेल रति १:४५ बजे सुरु हुनेछ ।
४२ अंक जोडेको भ्यालेन्सिया लिगको सातौं स्थानमा रहेको छ । ३३ अंक जोडेको लेभान्टे १३ औं स्थानमा रहेको छ ।
दुवै टिम जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ ।