एजेन्सी । पाकिस्तानी तिव्र गतिका बलर मोहम्मद आमिर र मध्यक्रमका ब्याट्सम्यान हारिस सोहेलले ईङ्ल्याण्ड भ्रमण नगर्ने भएका छन् ।
यस गर्मी सिजनमा ईङ्ल्याण्ड भ्रमणको तयारी गरेको पाकिस्तानले आफ्ना दुई मुख्य खेलाडीलाई गुमाउने भएको हो ।
व्यक्तिगत कारण देखाउँदै दुवै खेलाडीले पाकिस्तानी टिमबाट नाम फिर्ता लिएका छन् । पाकिस्तानी क्रिकेट बोर्डले दुई खेलाडीलाई बाहिर राख्दै ईङ्ल्याण्ड भ्रमणमा निस्कने टिमको घोषणा गरेको छ ।
आमिरलाई यस कारण टिम बाहिर राखिएको छ कि आगामी अगष्टमा उनी आफ्ना दोस्रो बच्चालाई जन्म दिदैछन् । उनी यही रहन चाहन्छन् । त्यस्तै, हारिस पारिवारिक कारणले जान नसक्ने बताएका छन् । पाकिस्तानी क्रिकेट बोर्डले भनेको छ ।
पाकिस्तानले अगष्ट र सेप्टेम्बरमा हुने खेलिने तीन टेष्ट र तीन टी–२० अन्तराष्ट्रिय म्याचका लागि २८ खेलाडी र १४ अफिसियललाई ईङ्ल्याण्ड पठाउने तयारी गरेको छ ।
यस हप्ताको सुरुवातमा पाकिस्तानले देशमा फैलदो कोरोना महामारीका कारण खेलाडीको अभ्यास सिविर रद्ध गरिदिएको थियो ।
पाकिस्तानी क्रिकेट बोर्डले आफ्नो टिमलाई जुनको सुरुवातमै लण्डन पुग्ने वातावरण बनाउन ईङ्ल्याण्ड र वेल्सको क्रिकेट बोर्डसंग अनुरोध गरेको छ ।
यसअघि जुलाईको ६ मा पाकिस्तानी टिम ईङ्ल्याण्ड जाने कार्यक्रम रहेको थियो ।
बोर्डले यसअघि ईङ्ल्याण्ड भ्रमणको बिषयमा निर्णय लिने अधिकार खेलाडीमा निहित गरेको थियो । उसले खेलाडी उपलब्ध नभए अनुशासनको कुनै कारबाही नगर्ने बताएको थियो ।