एजेन्सी । ईटालीको फुटबल शुक्रबारबाट फर्कदैछ । कोरोना भाईरसको महामारीले करिब तीन महिना अबरुद्ध बनेको ईटालीको फुटबल शुक्रबार फर्कन लागेको हो ।
कोरोनाका कारण युरोप देशमध्य ईटाली सबैभन्दा बढी प्रताडित बन्यो । शुक्रबार कोपा ईटालियाको सेमिफाईनलको दोस्रो लेगको खेल हुदैछ । एसी मिलान र युभेन्ट्सले दोस्रो लेग खेलका लागि मैदान उत्रदैछन् ।
क्रिस्टियानो रोनाल्डोले ९१ औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि सान सिरोमा खेलिएको पहिलो लेगेको खेल १–१ को बराबरीमा सकिएको थियो । दोस्रो लेगको खेल ईटालीको घरेलु मैदानमा हुदैछ ।
कोरोना महामारीका कारण मार्च ९ बाट ईटालीको फुटबल अबरुद्ध बनेको थियो । प्रतियोगिताको फाईनल खेल जुन १७ मा राखिएको थियो । सिरि ए फुटबल सुरु हुन तीन दिन अघि प्रतियोगिता सकिनेछ ।
सेमिफाईनलको पहिलो लेगमा ईन्टर मिलानसंग नापोलीले १–० को अग्रता लिएको छ । दोस्रो लेगको खेल शनिबार हुनेछ ।
सबै खेलहरु बन्द रंगशालामा हुनेछन् । ईटाली फुटबल महासंघले सिजन सक्नु अघि केही दर्शकले मैदान फर्किएर खेल हेर्न पाउने आशा ब्यक्त गरेको छ ।
यसै हप्ता कपको सम्बन्धमा अतिरिक्त समयको नियम खारेज गरिएको छ । निर्धारित समयको खेल बराबरी भएको खण्डमा सिधै पेनाल्टी सुटआउटबाट निर्णय गरिने उल्लेख छ ।