एजेन्सी । जर्मन क्लब बोरुसिया डर्टमण्डले युवा स्ट्राइकर जाडोन सान्चोको ट्रान्सफर मूल्य १ सय १५ मिलियन पाउण्ड राखेको छ ।
सान्चो अनुबन्धका लागि धेरै क्लबले चासो राखेपछि डर्टमण्डले १ सय १५ मिलियनको माग गर्ने भएको हो ।
इंग्ल्यान्डका युवा फरवार्डलाई क्लबमा राख्न नसक्ने अवस्था आएपछि डर्टमण्डले महँगो मूल्यको माग गर्ने निर्णय गरेको टेलिग्राफले जनाएको छ ।
सान्चो अनुबन्धका लागि प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड सबैभन्दा अघि बताईएको छ ।
म्यानचेस्टर सिटीको एकेडमीमा हुर्किएका सान्चो सन् २०१७ मा डर्टमण्ड आएका थिए । उनलाई डर्टमण्डले ८ मिलियन तिरेको थियो ।
२० वर्षे फरवार्ड सान्चोले यस सिजन क्लबका लागि २३ खेलमा १४ गोल गरिसकेका छन् । यस्तै १५ गोलका लागि असिस्ट गरेका छन् ।