एजेन्सी । इंग्लिस क्लब टोटनहमका मिडफिल्डर डेली अलीलाई एक खेलको प्रतिबन्ध लागेको छ ।
कोरोना भाईरसबारे सामाजिक संजालमा पोस्ट गरेको बिषयमा फुटबल एसोसियसनले अलीलाई एक खेलको प्रतिबन्ध लगाएको हो ।
यस्तै २४ वर्षे अलीलाई ५० हजार पाउण्ड जरिवाना समेत गरिएको छ ।
गत फेब्रुअरीमा उनले स्नापच्याटमा एक भिडियो पोस्ट गर्दै भाईरसबारे मजाक गर्दै एक एसियनलाई जिस्काएका थिए ।
अब अलीले प्रिमियर लिग सुचारुपछि जुन १९ मा तय भएको म्यानचेस्टर युनाइटेडसँगको खेल गुमाउने छन् ।
प्रिमियर लिग जुन १७ बाट सुचारु हुँदैछ ।