एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब वाट्फोर्डले तीन खेलाडीको सम्झौता थप गरेको छ ।
वाट्फोर्डले मिडफिल्डर जोसे होलेबास, गोलकिपर हयूरेल्हो गोमेस र डिफेन्डर एड्रियन मारियापाको सम्झौता थप गरेको हो ।
डिफेन्डर एड्रियनलाई हालै कोरोना भाईरसको संक्रमण देखिएको छ ।
तीनै खेलाडीको सम्झौता जुन ३० मा सकिदैछ । तर, कोरोनाले स्थगित लिगको सिजन अन्त्यसम्म उनीहरु क्लबमा रहने छन् ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले क्लबलाई सम्झौता सकिएका खेलाडीको करार थप गर्न निर्देशन दिएको थियो ।
कोरोनाले मार्चबाट स्थगित लिग जुन १७ बाट सुचारु हुँदैछ ।
यस सिजन लिभरपुल लिगको उपाधि नजिक रहेको छ । म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको लिभरपुल ३० वर्षपछि लिग उपाधिको संघारमा रहेको हो ।