'मर्सीसाइड डर्बी' गुडिसन पार्कमा
२०२० जुन १०, बुधबारखेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुल र एभर्टनबीचको खेल गुडिसन पार्कमा हुने भएको छ ।
कोरोना भाईरसको महामारीपछि स्थगित लिग सुचारुपछि पहिलो मर्सीसाइड डर्बी एभर्टनको मैदानमा हुने भएको हो ।
यस अघि मर्सीसाइड डर्बी न्युट्रल भेन्युमा हुने बताईएको थियो ।
मर्सीसाइड डर्बी जुन २१ मा हुँदैछ । यस डर्बी खेल लिभरपुलका लागि महत्वपूर्ण हुनेछ ।
लिभरपुलले उपाधि जित्ने खेलको रुपमा यस खेललाई लिइएको छ । त्यसअघि लिभरपुलले एक खेल घरेलु मैदानमा खेल्नेछ ।
यस सिजन लिभरपुल लिगको उपाधि नजिक रहेको छ । म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको लिभरपुल ३० वर्षपछि लिग उपाधिको संघारमा रहेको हो ।
यदि जुन १७ मा सिटीले आर्सनलसँग हार व्यहोरेमा र एभर्टनलाई पराजित गरेमा लिभरपुलले उपाधि जित्नेछ ।
गत मार्चबाट स्थगित लिगमा यस सिजन २० क्लबले ९२ खेल खेल्न बाँकी रहेको छ ।