शनिबार, ०७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

को हो एन्फा भित्रको धमिरा ?

बुधबार, २८ जेठ २०७७खेलपाटी संवाददाता
को हो एन्फा भित्रको धमिरा ?
Loading ad...
mustang rice ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को गण्डकी प्रदेश अन्तर्गतका ८ सदस्य जिल्लाले नेतृत्वलाई काम गर्न नदिने षडयन्त्रमा एन्फाभित्रका केही ब्यक्ति लागेको आरोप लगाएका छन् ।

बुधबार एक बिज्ञप्ती जारी गर्दै ८ जिल्ला फुटबल संघले ग्रासरुटको बिषयमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले दिएको अभिब्यक्तिलाई अतिरञ्जित र तोडमोड गरि नेतृत्वलाई काम गर्न नदिएर फुटबल विकासलाई कमजोर पार्न एन्फा भित्रकै ब्यक्ति लागेको आरोप लगाएका हुन् ।

उनीहरुले त्यस्ता ब्यक्तिलाई अनुशासनको कारबाहीको दायरमा ल्याउन र त्यस प्रकारका ब्यक्तिको विरुद्धमा एकजुट हुन माग समेत गरेका छन् ।

एन्फा अध्यक्षको अन्तरवार्ता विवादास्पद बनेपछि वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङ्गले शेर्पालाई राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न माग गरेका थिए । उनले सोही बिषयमा फुटबलको सर्वोच्च निकाय फिफामा उजुरी समेत गरेका थिए । साथै शेर्पाको अभिब्यक्तीलाई लिएर कार्यसमिति सदस्य दावा लामाले राजीनामा माग गरेका थिए ।

एन्फामा चर्किलो शक्ति संघर्षका बीच ८ जिल्ला अध्यक्षले बिज्ञप्ती जारी गर्दै अध्यक्ष शेर्पाको समर्थन गरेका हुन् ।

साथै, उनीहरुले खेलकुद मन्त्रीलाई १७ करोड रुपैयाँ एन्फाले दिएको आरोप लगाउने सांसद प्रदीप यादवको राजीनामा माग गरेका छन् ।

सदस्य ८ जिल्लाले बिषम परिस्थतिमा एन्फा भित्र र बाहिरका धमिराले फुटबल विकास बिरोधी खेल खेल्न सुरु गरेको महशुश आफुलाई भएको जनाएका छन् ।

बैठकले अधिवेशनले म्यान्डेड दिएको अवधिसम्म कार्य गर्ने वातावरण बनाउन र सहयोग गर्न सबैमा अपिल गरेको छ ।

एन्फाको वर्तमान नेतृत्वको काम कारबाहीप्रति भक्तपुर, काठमाडौं, ललितपुर र धादिङ जिल्ला फुटबल संघ सहित एन्फाका पूर्व अध्यक्ष गणेश थापाले विरोध गर्दै आएका छन् ।

बैठकले जिल्ला फुटबल संघलाई विभिन्न प्रतियोगिता लगायत सचिवालय सञ्चालनका लागि एकमुष्ट रुपमा १० लाख र खेलकुद सामाग्री खरिदका लागि १ लाख उपलब्ध गराउने एन्फाको निर्णयको स्वागत गरेका छन् ।

साथै कोरोनाबाट प्रभावित सम्पूर्ण जिल्ला फुटबल संघलाई समान ७५ हजार रुपैयाँका दरले सहयोग दिने निर्णय र पोखरामा डिम प्राजेक्टको रुपमा बहुउद्धेश्यीय फुटबल ट्रेनिङ सेन्टर बनाउने एन्फा कार्यसमिति निर्णयको स्वागत गरेका छन् ।

उनीहरुले 'ड्रिम प्राजेक्ट' अन्तर्गत गण्डकी प्रदेशलाई छनोट गरि निर्णय प्रक्रियालाई अगाडी बढाउने कार्यलाई केही ब्यक्तिले गलत मनसाय राखी मिडियाबाजी गरि भ्रम सिर्जना गरेको भन्दै ध्यानकर्षण भएको बताएका छन् ।

बिज्ञप्तीमा एन्फाका केन्द्रिय उपाध्यक्ष कृण्ण थापा सहित सहायक महाचिव विश्व पौडेल, तनहु जिल्ला फुटबल संघका अध्यक्ष रत्नकुमार श्रेष्ठ, केन्द्रिय सदस्य एल वि ज्यारचन, कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङ, गोरखा जिल्ला फुटबल संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, मनाङ जिल्ला फुटबल संघका अध्यक्ष निरज गुरुङ, लमजुङ जिल्ला फुटबल संघका अध्यक्ष लोकेन्द्र गुरुङ, बाग्लुङ जिल्ला फुटबल संघका अध्यक्ष रामराज गुरुङ, स्याङ्जा जिल्ला फुटबल संघका अध्यक्ष मुक्त राना, नवलपुर जिल्ला फुटबल संघका अध्यक्ष सेतबहादुर पुनले हस्ताक्षर गरेका छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
टाईम्सको लगातार पाँचाै जित

टाईम्सको लगातार पाँचाै जित

जापानले जित्यो एसियन कप फुटबलको उपाधि

जापानले जित्यो एसियन कप फुटबलको उपाधि

वर्षाले प्रधानमन्त्री कप क्रिकेट प्रभावित

वर्षाले प्रधानमन्त्री कप क्रिकेट प्रभावित

एलिसन ब्राजिली टिमबाट बाहिर

एलिसन ब्राजिली टिमबाट बाहिर

पीएम कपको विजेतालाई १० लाख, उपविजेतालाई ५ लाख

पीएम कपको विजेतालाई १० लाख, उपविजेतालाई ५ लाख

थ्रीस्टारको विवाद टुंगाएर मात्रै लिग सञ्चालन गर्न अदालतको आदेश

थ्रीस्टारको विवाद टुंगाएर मात्रै लिग सञ्चालन गर्न अदालतको आदेश

लागुऔषध कारोबारी दावाको उम्मेदवारी स्थगन गर्न आदेश

लागुऔषध कारोबारी दावाको उम्मेदवारी स्थगन गर्न आदेश

एन्फाका कानुन व्यवसायीविरुद्ध उजुरी दर्ता

एन्फाका कानुन व्यवसायीविरुद्ध उजुरी दर्ता