एजेन्सी । इटालियन फुटबलको समर ट्रान्सफर विन्डो सेप्टेम्बरबाट खुला हुने भएको छ ।
इटालियन फुटबल फेडेरेसनले ट्रान्सफर विन्डो सेप्टेम्बर १ बाट खुल्ने जनाएको छ ।
सेप्टेम्बरबाट खुल्ला भएर अक्टोबर ५ मा बन्द हुने बताईएको छ ।
कोरोना भाईरसको कारण सिरी ए फुटबलको यस सिजनको अन्त्य सर्ने भएपछि ट्रान्सफर विन्डो सेप्टेम्बरमा खुल्ला गर्न लागिएको हो ।
कोरोनाको कारण स्थगित लिग अगस्टमा सकिनेछ । लिग आगामी जुन २० बाट सुचारु हुने बताईएको छ ।
यस सिजन लिगमा युभेन्ट्स शीर्ष स्थानमा रहेको छ ।
लाजियो भन्दा युभेन्ट्स १ अंकले अघि रहेको छ ।