एजेन्सी । लिभरपुलका मिडफिल्डर एडम लालना यस सिजनको अन्तिमसम्म क्लबमा बस्ने भएका छन् ।
इंग्ल्यान्डका मिडफिल्डर लालना सिजनको अन्त्यसम्म क्लबमा बस्न सहमत भएका छन् ।
लिभरपुलसँग लालनाको सम्झौता जुन ३० सम्म रहेको छ । तर, उनी सिजनको अन्त्यसम्म बस्न सहमत भएका हुन् ।
'यस सिजनको समाप्त गर्ने मौका पाउँदा खुसी छु । म र मेरो परिवारमा लागि यसले धेरै अर्थ लाग्छ,' उनले भनेका छन् ।
यस सिजनको अन्त्य पछि भने ३२ वर्षे उनी फ्रि ट्रान्सफरमा क्लब छाड्ने छन् ।
कोरोना भाईरसको महामारीपछि स्थगित प्रिमियर लिग जुन १७ मा सुचारु हुँदैछ ।
यस सिजन लिभरपुल लिगको उपाधि नजिक रहेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ ।
उपाधिका लागि लिभरपुललाई दुई जितको आवश्यकता रहेको छ ।