• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
पोखरा क्रिकेट मैदान समयमै बन्नेमा आशंका !
बिक्रम बुढा क्षेत्री
मंगलबार, जेठ २७, २०७७ बिक्रम बुढा क्षेत्री
पोखरा क्रिकेट मैदान समयमै बन्नेमा आशंका !
निर्माणाधिन पाेखरा क्रिकेट मैदान । फाेटाे : खेलपाटी

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अघि पोखरा क्रिकेट मैदान बन्नेमा आशंका उत्पन्न भएको छ ।

समयमै काम सुरु हुन नसक्दा फागुनमा तय भएको नवौं राष्ट्रिय खेलकुद अघि मैदान निर्माणको काम सकिनेमा आशंका उत्पन्न भएको हो ।

सरकारले गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता यस बर्षको फागुनमा आयोजना गर्ने तयारी गरेको छ ।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका खेलहरु आयोजना गरेको गण्डकी प्रदेशले यसै बर्ष नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्दैछ ।

तर पोखरास्थित क्रिकेट मैदान निर्माणको काम समयमा सुरु हुन नसक्दा क्रिकेटका खेलहरुनै प्रभावित हुने चिन्ता सरोकारवालाले ब्यक्त गरेका छन् ।

युवा तथा खेलकुद मन्त्रालयले चालू आर्थिक वर्ष २०७६÷७७ मा मैदान निर्माणका लागि ३ करोड रुपैयाँ बिनियोजन गरेको थियो । मैदानमा फोल्डिङ प्यारापिट, पोविलियन बक्स, शौचालय, मैदानको चारैतर्फ जाली लगाउने र ७ वटा पिच निर्माणका लागि सो रकम बिनियोजित गरिएको थियो ।

बजेट प्राप्त भएपनि समयमै टेण्डर आह्वान नहुँदा र काम सुरु नहुँदा नवौं राष्ट्रिय खेलकुद अघि मैदान तयार हुनेमा आशंका उत्पन्न भएको छ ।

दोस्रो पटक मैदान निर्माणका लागि निकालिएको टेन्डर मुल्याकनको चरणमा रहेको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितीका इन्जिनियर प्रनिश ताम्राकारले तीन वटा कम्पनीले मैदान निर्माणका लागि टेण्डर हालेको र मुल्यांकनको चरणमा रहेको बताए ।

‘तीन कम्पनीले टेण्डर दिएको जानकारी आएको छ । अहिले राखेपले त्यसको मूल्याकंन गरिरहेको छ ।’ उनले खेलपाटीसँग भने, ‘कम्पनी छनौट भएपछि समयमै काम सकिने गरि प्रक्रिया अघि बढाउनेछौ ।’

जिल्ला क्रिकेट संघ कास्कीका अध्यक्ष संजयकान्त सिग्देल समयमा काम हुन नसक्दा मैदान निर्माणको काम पुरा हुनेमा शंका ब्यक्त गर्छन् ।

उनी मैदान निर्माणको अवधि वैशाखसम्म रहेको र त्यस भन्दा अगाडी निर्माण पुरा नहुने बताउँछन् । उनले आफुहरुले क्रिकेट मैदानको विकल्प समेत सोचेको बताएका छन् ।

‘अब वैशाख–जेठसम्म काम पर्छ । नवौं खेलकुदमा क्रिकेट कसरी गर्न सकिन्छ भनेर विकल्प पनि सोचेका छौं ।’ उनले भने, ‘समयमा मैदान तयार नभए सुरुमा मैदान भित्रको काम पुरा गर्छौ । र खेल आयोजना हुदै गर्दा मैदान बाहिरको काम सक्छौ ।’

उनले गण्डकी प्रदेशमा अन्य २ क्रिकेट मैदान बन्न सक्ने समेत उल्लेख गरेका छन् ।

सिग्देलका अनुसार पोखराको पशुपतीघाटस्थित क्रिकेट रंगशाला र नदिपुरमा गण्डकी प्रदेश सभा भवन पछाडी रहेको मैदानलाई समेत स्तरउन्नती गर्न सकिने उल्लेख गरे । १३ औं सागको समय सो मैदानलाई अभ्यास मैदानको रुपमा प्रयोग गरिएको थियो ।

१३ औं साग अन्तर्गत पोखरा क्रिकेट मैदानमा अस्थायी प्यारापिट राखेर महिला क्रिकेट आयोजना गरिएको थियो । सरकारले पोखरा क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने योजना अघि सारेको छ ।

सरकारले स्थायी प्यारापिट सहित बाँकी पुर्वाधार निर्माणका लागि बजेट समेत प्रदान गरेको हो । तर समयमा काम सुरु हुन नसक्दा निर्माण आयोजनानै प्रभावित हुने जोखिम देखिन्छ ।

समयमै निर्माण सम्पन्न गछौं – राखेप सदस्य गुरुङ

राखेप सदस्य राजेश गुरुङ भने समयमै मैदान निर्माण हुनेमा आशावादी छन् । उनले मैदान निर्माणका लागि कम्पनी छनौट भएपछि प्रत्यक्ष निगरानी राखेर समयमै मैदान निर्माण सम्पन्न गर्ने दावी गर्छन् ।

‘सरकारी काम भनेर ठग्ने बारे कसैले नसोचे हुन्छ । समयमै सम्पन्न हुने गरि काम लगाउछौ ।’ उनले भने, ‘सागको जसरी हतारमा काम गरेर धेरै त्रुटि हुन दिनेछैनौ । नवौं खेलकुद सभ्य र भव्य हुनेछ ।’

क्रिकेट मैदान निर्माणको कामलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै गुरुङले यसलाई सम्पन्न गर्नेमा आफुहरु विश्वस्त रहेको बताए । उनले क्रिकेट मैदानसंगै स्विमिङ पुल, शुटिङ जस्ता खेलको पनि पुर्वाधार निर्माणका लागि शिघ्र टेण्डर आह्वान गरेर काम अघि बढाईने बताए ।

सदस्य गुरुङले लकडाउनका बिच पोखरा रंगशालामा वैकल्पिक मैदान निर्माणको काम पुरा गरेको जानकारी दिदै संघीय सरकारबाट स्विमिङ पुल निर्माणका लागि ५० लाख, पोखरा क्रिकेट मैदानका लागि २५ लाख, कभर्डहलका लागि १ करोड बजेट बिनियोजन गरिएको बताए ।

 

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एन्फाले पहिलोपल्ट महिला फुटसल लिग आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल लिग आयोजना गर्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP