एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीका गोलकिपर एडर्सन मोरेस सर्वाधिक 'ट्रान्सफर मूल्य' भएका गोलकिपर बनेका छन् ।
फुटबल अब्जरभेटरी संस्था सीआईईएसले निकालेको नयाँ तथ्यांक अनुसार खेलाडी किनबेचमा एडर्सन सर्वाधिक मूल्य भएका खेलाडी भएका हुन् ।
सीआईईएसको अनुसार एडर्सनको ट्रान्सफर मूल्य मूल्य ८६.८ मिलियन युरो रहेको छ ।
यस्तै लिभरपुलका एलिसान बेकर ८४.२ मिलियनसहित दोस्रो स्थानमा रहेका छन् ।
चेल्सीका गोलकिपर किपा अरिजाबालागा ७६.४ मिलियन युरोसहित तेस्रो स्थानमा रहेका छन् ।
त्यस्तै एट्लेटिको मड्रिडका जान ओब्लाक ५२.७ मिलियनसहित चौंथो र बार्सिलोनाका मार्क आन्द्रे टेर स्टेगन ५०.२ मिलियनसहित पाँचौं स्थानमा रहेका छन् ।
