एजेन्सी । युवा स्टार टिनो अन्जोरिनले चेल्सीसंग ५ बर्षको नयाँ सम्झौता गरेका छन् ।
चालू सिजन वैकल्पिक खेलाडीको रुपमा चेल्सीको जर्सीमा देखिएका अन्जोरिनले क्लबको सिरियर टिमका लागि ५ बर्षको सम्झौता गरेका हुन् ।
फ्रान्क लाम्पार्ड चेल्सीको प्रशिक्षकको रुपमा आएपछि अन्जोरिनले दुई खेलमा अवसर पाएका थिए । लिग कपमा ग्रिम्सबी टाउन र प्रिमियर लिगमा एभर्टनबिरुद्धको खेलमा अन्जोरिनले बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए ।
उनी चेल्सीको युवा टिमका सर्वाधिक गोलकर्ता हुन् । उनले चेल्सीको यू–२३ को टिमबाट ईएफएल ट्रफीका तीन खेलमा दुई गोल गरेका थिए ।
‘आश्चार्य अनुभव भईरहेको छ ।’ चेल्सीसंग जोडिएपछि एन्जोरिनले भनेका छन् ।

‘म क्लबमा छु । म ६ बर्षको उमेरमा आएको थिए । यस चरणमा पुग्न र त्यसपछि अर्को ५ बर्षको सम्झौताको प्रस्ताव आउनु आश्चार्यजनक छ ।’ उनले भने ।
‘मलाई कुनै हिचकिचाहट भएन । किनभने क्लबका लागि खेल्नु सधै मैले सपना देखेको थिए । बास्तवमै मेरो लागि खास हो ।’ उनले थपे ।
अन्जोरिन‘ले चेल्सीको एकेडेमी हुँदै पहिलो टिमसम्म अवसर पाएका हुन् । उनले जोडी मोरिसको नेतृत्वमा चेल्सीबाट एफ ए युथ कपको उपाधि समेत जितेका थिए ।
'यो युवा खेलाडीका लागि वास्तवमै महत्वपुर्ण सिजन हो ।’ अन्जोरिनले भने, ‘फ्रान्क, जोडी मोरिस र जो एडवडर््स हामीलाई बोर्डमा लगे र युवा खेलाडीलाई लैजान आफैलाई प्रतिबद्ध गराए ।’
‘परिचित अनुहारसंग हुन निकै आवश्यक छ । उनले एकेडेमीका पूर्व प्रशिक्षक लाम्पार्डसंग काम गरिरहेको उल्लेख गर्दै भने, ‘मानिससंग कुरा गर्न र पहिलो टिम निर्माणको नजिक रहन धेरै सजिलो छ । किनकी तिमलाई यसमा स्वागत गरिएको छ ।’
‘आशा छ, कडा मेहनत गर्नेछु र प्रशिक्षकलाई खुसी बनाउन कोशिश गर्नेछु । म यसको एक हिस्सा बन्न कोशिश गर्नेछु ।’ उनले थपेका छन् ।