• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
खेलकुद पूर्वाधारमा छैन नयाँ योजना
खेलपाटी संवाददाता
मंगलबार, जेठ २७, २०७७ खेलपाटी संवाददाता
खेलकुद पूर्वाधारमा छैन नयाँ योजना
नेपालगञ्जमा निर्माणकाे क्रममा रहकाे र‌गशालाकाे फाइल तस्विर । फाेटाे : खेलपाटी

काठमाडौं । सरकारले नयाँ आर्थिक बर्षको खेलकुद पूर्वाधारमा नयाँ योजना समावेश नभएको बताएको छ ।

महामारीको रुपमा फैलिएको कोरोना भाईरसको प्रभावका कारण घटेको मन्त्रालयकोे बजेटका कारण सरकारले नयाँ आर्थिक बर्षमा कुनैपनि नयाँ योजना थप नभएको बताएको हो ।

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले चालू अवस्थामा रहेको योजनाको निरन्तरताका लागि शीर्षक बचाउने हिसाबले बजेट राखिएको उल्लेख गर्दै नयाँ योजना थप नगरिएको बताए ।

‘सिमा र बाध्यताका बीच मन्त्रालयले नयाँ थप योजना समावेश गरेको छैन । भैरहेका योजनाको निरन्तरताका लागि शीर्षक बचाउने हिसाबले बजेट राखिएको छ ।’ सोमबार संसद बैठकमा मन्त्री विश्वकर्माले भने ।

सरकारले नयाँ आर्थिक बर्षमा खेलकुद पूर्वाधारमा जम्मा ५८ करोड ९८ लाख रुपैयाँ विनियोजन गरेको छ । विनियोजित रकममा ४० करोड स्थानीय तहका खेलग्राम निर्माणमा खर्च गरिने र बाँकी रकम खेलग्राम बाहेकका पूर्वाधार निर्माणमा राखिएकाे छ ।

मन्त्रालयका नियमित कार्यक्रम खेलग्राम बाहेकका पूर्वाधार निर्माणमा मात्र १८ करोड ९८ लाख रुपैयाँ विनियोजन गरिएको छ । सोही रकमले देशभर निर्माणाधिन खेलकुद पूर्वाधारलाई पुर्याउनुपर्ने बाध्यता मन्त्रालयलाई आईलागेको छ ।

खेलकुद मन्त्री विश्वकर्माले सोही रकमबाट मन्त्रालयले विगतका बर्षमा सुरु गरिएको आठौं राष्ट्रिय खेलकुदका दौरान पुरा नभएका पूर्वाधार, १३ औ सागका दौरान बन्न काठमाडौं र पोखरामा बन्न बाँकी पूर्वाधार, नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश सहितका ११ जिल्ला र दशौं राष्ट्रिय खेलकुदका लागि कर्णाली प्रदेशको खेलकुद पूर्वाधार निर्माणमा बजेट पुर्याउनुपर्ने बाध्यता रहेको बताए ।

उनले प्रदेश दुईको खेल पुर्वाधार, देशभरका निर्माणाधिन १४ वटा रंगशाला, मुलपानी लगायतका विभिन्न जिल्लामा निर्माणाधिन ९ वटा क्रिकेट रंगशाला, देशका विभिन्न ठाउँमा निर्माणाधिन कर्भडहल निर्माण, सात वटै प्रदेशमा निर्माणाधिन अन्तराष्ट्रिय स्तरका प्रादेशिक रंगशाला, खेलकुद एकेडेमी तथा ट्रेनिङ सेन्टर निर्माण, देशभरका रंगशाला तथा कभर्डहलको मर्मत सम्भार, राखेपको प्रशासनीयक भवन निमाण लगायतका पूर्वाधार रकम समेत सोही बजेटबाट सम्बोधन गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरे ।

सोही कारण उनले नयाँ आर्थिक बर्षका लागि कुनै नयाँ योजना समावेश नगरिएको बताए । उनले चालू योजनाको निरन्तरताका लागि शीर्षक बचाउने हिसाबले औसतमा १० लाखका दरले बजेट राखिएको उल्लेख गरे ।

सरकारले नयाँ आर्थिक बर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । सरकारले चालू आर्थिक बर्षभन्दा झण्डै ४० प्रतिशत रकम कटौती गर्दै युवा तथा खेलकुद मन्त्रालयलाई बजेट विनियोजन गरेको हो ।

पूर्वाधारको रकम खेलग्राममा

खेलकुद पूर्वाधारका नयाँ योजना समावेश नगरेपनि सरकारले नयाँ आर्थिक बर्षमा स्थानीय तहमा खेलग्राम निर्माणका लागि ४० करोड रुपैयाँ विनियोजन गरेको छ ।

चालू आर्थिक बर्षमा समेत सरकारले ४० करोड रुपैयाँ खेलग्रामका लागि विनियोजन गरेको थियो । सरकारले सो रकम ८४ वटा पालिका छनोट गरेर ५० लाखका दरले विनियोजन गरिसकेको छ ।

हरेक स्थानीय तहमा खेलग्राम गराउने वर्तमान सरकारको नीति रहेको छ । स्थानीय तहको सहभागीता र लगानीमा बन्ने खेलग्राम निर्माणको ठुलो हिस्सा केन्द्रिय सरकारले ब्यहोर्ने गरेको छ ।

स्थानीय तहले प्रस्ताव गरेको खेलग्राम स्विकृत भएमा मन्त्रालयको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लगानीमा खेलग्राम बन्नेछ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP