शुक्रबार, ०४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘बार्सिलोना फर्कनु अघि च्याम्पियन्स लिग जित्न चाहन्छु’

सोमबार, २६ जेठ २०७७खेलपाटी संवाददाता
‘बार्सिलोना फर्कनु अघि च्याम्पियन्स लिग जित्न चाहन्छु’
Loading ad...
mustang rice ad

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार नेयमारले क्लबका सहकर्मीसंग बार्सिलोना फर्कन चाहेको बताएका छन् । उनले यस सिजनको अन्त्यसंगै फ्रान्स छाडेर स्पेन फर्कन चाहेको बताएका हुन् ।

स्पेनिस पत्रिकाका अनुसार नेयमार आगामी समर ट्रान्सफरमा स्पेन फर्कनेमा विश्वस्त छन् ।

ब्राजिली स्टार नेयमार सन् २०१७ मा विश्व कीर्तिमानी मुल्य १ सय ९८ मिलियन पाउण्डमा नाउ क्याम्पबाट पीएसजी आएका थिए । तर पेरिसमा उनले चाहेको जस्तो सफलता आत्मसाथ गर्न सकेनन् ।

बार्सिलोना अघिल्लो बर्ष नेयमारलाई पुन क्लब फर्काउन असफल बनेको थियो । बार्सिलोना सय मिलियन पाउण्डसंगै ईभान राकिटिक, जियन क्लेयर टाडिबो र उसमान डेम्बेलेलाई नेयमारसंग साट्न तयार देखिएको थियो । तर गत सिजन नेयमार भित्र्याउने बार्सिलोनाको योजना सफल हुन सकेन ।

The Brazilian is valued at around £135m by PSG, who refused to sell him to Barca last summer

२८ बर्षका फरवार्ड पछिल्लो समय ला लिगा फर्कने बिषयमा टिमका सहकर्मीसंग खुलेर छलफल गरिरहेका छन् । उनले आफु बार्सिलोना फर्कने सम्झौतामा चाँडै सहमती जुट्ने विश्वास समेत ब्यक्त गरेका छन् ।

नेयमार पीएसजीका नजिकका साथीसंग सम्पर्कमा छन् । कोरोना भाईरसको महामारीका बीच उनले केलियन एम्बाप्पे सहितका नजिकका साथीसंग सम्पर्कमा छन् ।

पीएसजीले गत बर्ष नेयमारलाई १ सय ८० मिलियन पाउण्ड रकम माग गरेको थियो । अब पीएसजीले १ सय ३५ मिलियन पाउण्डमा नेयमार बेच्न सक्ने बताईएको छ । पीएसजीसंग नेयमारको सम्झौता सन् २०२२ मा सकिदैछ ।

खेलाडी सरुवा बजार खुल्नु अघिनै नेयमार आफ्न सहज बहिर्गमन सुनिश्चित गर्न चाहन्छन् ।

पीएसजीले यस सिजनको लिग वानको उपाधि जितिसकेको छ । तर नेयमारले बार्सिलोना फर्कनु अघि पीएसजीबाट च्याम्पियन्स लिगको उपाधि जित्न चाहेको बताएका छन् । नेयमारले च्याम्पियन्स लिग जित्न सकेको खण्डमा बार्सिलोना फर्कने सम्भावना सहज बन्ने विश्वास ब्यक्त गरेका छन् ।

Neymar turns 28 and shares new sense of PSG belonging - AS.com

सन् २०१२ मा कतारी लगानी आएसंगै पीएसजीले खेलाडी खरिदमा ठुलो रकम खर्च गरेको छ । क्लबका अध्यक्ष नासर अल खालिफाले युरोपेली च्याम्पियनसिप जित्ने आफ्नो ईच्छालाई गोप्य राखेका छैनन् ।

पीएसजीले यस सिजन च्याम्पियन्स लिग फुटबलमा बोरुसिया डर्टमण्डलाई हराउँदै क्वार्टरफाईनलको यात्रा तय गरेको छ ।

दोस्रो लेगको खेलमा जित निकाल्दै पीएसजी समग्रमा ३–२ को नतिजा सहित अन्तिम ८ मा प्रवेश गरेको हो । दोस्रो लेगको खेलमा नेयमारले पहिलो गोल गरेका थिए ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मच्छिन्द्र इटहरी गोल्डकपको सेमिफाइनलबाटै बाहिरियो

मच्छिन्द्र इटहरी गोल्डकपको सेमिफाइनलबाटै बाहिरियो

लालीगुराँस, घनपोखरा ब्ल्यु, खसुर र अरुण मेमोरियल सेमिफाइनलमा

लालीगुराँस, घनपोखरा ब्ल्यु, खसुर र अरुण मेमोरियल सेमिफाइनलमा

इतिहास रच्ने लक्ष्यमा सम्राट

इतिहास रच्ने लक्ष्यमा सम्राट

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मच्छिन्द्र इटहरी गोल्डकपको सेमिफाइनलबाटै बाहिरियो

मच्छिन्द्र इटहरी गोल्डकपको सेमिफाइनलबाटै बाहिरियो

लालीगुराँस, घनपोखरा ब्ल्यु, खसुर र अरुण मेमोरियल सेमिफाइनलमा

लालीगुराँस, घनपोखरा ब्ल्यु, खसुर र अरुण मेमोरियल सेमिफाइनलमा

इतिहास रच्ने लक्ष्यमा सम्राट

इतिहास रच्ने लक्ष्यमा सम्राट

अपराजित रहँदै आर्मी च्याम्पियन

अपराजित रहँदै आर्मी च्याम्पियन

इलाम गोल्डकपको ट्रफी अनावरण

इलाम गोल्डकपको ट्रफी अनावरण

बाह्रखरी गल्फ १९ गते

बाह्रखरी गल्फ १९ गते

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

बास्केटबल र फुटसल हुने

बास्केटबल र फुटसल हुने